- दिल्ली प्रहरीले प्रतिबन्धात्मक आदेश उल्लङ्घन गर्दै जन्तरमन्तर जाने प्रयास गरे फेरि नियन्त्रणमा लिन सकिने चेतावनी दिएको छ । दिल्ली प्रहरीले हरियाणाको गुरुग्रामस्थित सेक्टर–५६ मा रहेको निवासबाट राठीलाई नियन्त्रणमा लिएको थियो ।
काठमाडौँ : भारतका चर्चित युट्युबर ध्रुव राठीलाई दिल्लीमा प्रस्तावित प्रदर्शनअघि नियन्त्रणमा लिइएकोमा राति रिहा गरिएको छ ।
दिल्ली प्रहरीले प्रतिबन्धात्मक आदेश उल्लङ्घन गर्दै जन्तरमन्तर जाने प्रयास गरे फेरि नियन्त्रणमा लिन सकिने चेतावनी दिएको छ । दिल्ली प्रहरीले हरियाणाको गुरुग्रामस्थित सेक्टर–५६ मा रहेको निवासबाट राठीलाई नियन्त्रणमा लिएको थियो ।
ककरोच जनता पार्टीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । मतदाता सूचीको विशेष सघन पुनरावलोकन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै पार्टीले प्रदर्शन आह्वान गरेको हो ।
प्रदर्शनमा सहभागी हुन खोजेका दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, केरलका मुख्यमन्त्री पिनराई विजयन र त्रिपुराका पूर्वमुख्यमन्त्री माणिक सरकारसहित विपक्षी दलका नेताहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसैबीच, पार्टीका संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरभ दासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई दिल्ली क्यान्टस्थित कार्यकारी मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो । अदालतले जनही ५० हजार रुपैयाँको मुचलका र एक वर्षसम्म शान्ति कायम राख्ने सर्तमा रिहा गर्न आदेश दिएको छ ।
प्रदर्शनलाई लक्षित गर्दै दिल्लीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । यसैबीच, प्रदर्शनमा सहभागी हुन प्रहरीको जागिरबाट राजीनामा दिएको दाबी गरिएको एक भिडियो सामाजिक सञ्जालमा फैलिएको छ ।
दिल्ली प्रहरीले आफ्नो अभिलेखमा भिडियोमा उल्लेख गरिएअनुसारका प्रहरी सहायक निरीक्षक नभेटिएको भन्दै उक्त दाबी भ्रामक रहेको जनाएको छ । प्रहरीले अपुष्ट सूचना फैलाउनबाट बच्न र आधिकारिक जानकारीमा मात्र विश्वास गर्न आग्रह गरेको छ ।
समाचारअनुसार, प्रदर्शनका क्रममा हालसम्म सात हजारभन्दा बढी मानिसलाई नियन्त्रणमा लिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेकोबारे गगनले गरे पार्टी बैठकमा ब्रिफिङ
-
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्यो
-
पुराना भारतीय लगानीको अभिलेखीकरण समस्या समाधान गर्न ढकालको आग्रह
-
सभामुख अर्यालले गरे बुढीगण्डकी आयोजनाका तीन संरचनाको शिलान्यास
-
लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउने लगानी कोषको तयारी
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।