‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ- विश्वप्रकाश शर्मा
१२ मार्ग, २०८३
- शर्माले प्रकरणमा उठेका आरोप र प्रश्नहरूको निष्पक्ष तथा पारदर्शी छानबिन आवश्यक रहेको उल्लेख गर्दै नागरिकले वास्तविकता जान्न पाउनुपर्ने बताएका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’को सत्यतथ्य सार्वजनिक गर्न संसद्ले अग्रसरता लिनुपर्ने बताएका छन् ।
शर्माले प्रकरणमा उठेका आरोप र प्रश्नहरूको निष्पक्ष तथा पारदर्शी छानबिन आवश्यक रहेको उल्लेख गर्दै नागरिकले वास्तविकता जान्न पाउनुपर्ने बताएका हुन् ।
उनले ‘इनम प्रकरण’लाई रहस्यमय घटनाका रूपमा मात्र प्रस्तुत नगरी यससँग जोडिएका सबै विषयको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।
‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पूरै च्यातिनुपर्छ,’ उनले भनेका छन् ।
पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै शर्माले राज्यका निकाय र संसद्ले यस विषयमा गम्भीरतापूर्वक पहल गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीलाई प्रश्न गर्दै शर्माले भनेका छन्- 'इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित बिषयको वास्तविकता के हो प्रधानमन्त्रीजी ? मानवअधिकार आयोगमा उनले दिएको उजुरी झुठो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरु क्रमशः एकपछि अर्को बन्दैछन् ?'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
-
‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ- विश्वप्रकाश शर्मा
-
सानेपाको विवादमा देउवा समूहको जवाफ– कांग्रेसको नाममा महाधिवेशन रोक्न कसैलाई अधिकार छैन
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।