राजा चार्ल्स र राजकुमार ह्यारीको पारिवारिक भेट, सम्बन्ध सुधार्ने प्रयास
२०८३ अषाढ़ २८ आइतवार
- शाही दरबारले जारी गरेको जानकारीअनुसार लन्डनको पश्चिममा रहेको शाही निवास हाइग्रोभ हाउसमा राजा चार्ल्स, रानी क्यामिला, राजकुमार ह्यारी, मेगन र उनीहरूका दुई सन्तानबीच भेटवार्ता भएको हो ।
एजेन्सी, २८ अषाढ़ । बेलायतको शाही परिवारमा लामो समयदेखि देखिएको मतभेद अन्त्य गर्ने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्ना कान्छा छोरा राजकुमार ह्यारी र उनको परिवारसँग वर्षौंपछि पहिलो पटक भेट गरेका छन् । यस भेटमा ह्यारीसँग उनकी पत्नी मेगन, छोरा आर्ची र छोरी लिलिबेट पनि सहभागी भएका थिए ।
शाही दरबारले जारी गरेको जानकारीअनुसार लन्डनको पश्चिममा रहेको शाही निवास हाइग्रोभ हाउसमा राजा चार्ल्स, रानी क्यामिला, राजकुमार ह्यारी, मेगन र उनीहरूका दुई सन्तानबीच भेटवार्ता भएको हो ।
राजकुमार ह्यारी विभिन्न परोपकारी कार्यक्रममा सहभागी हुन बेलायत पुगेका थिए । तर उनको भ्रमणको सबैभन्दा ठूलो चासो उनी आफ्ना पिता राजा चार्ल्सलाई भेट्छन् कि भेट्दैनन् भन्ने विषयमा केन्द्रित थियो । साथै मेगन र दुवै सन्तान पनि बेलायत आउँछन् कि आउँदैनन् भन्ने विषयमा बेलायती सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो ।
ह्यारी र मेगनले करिब छ वर्षअघि शाही जिम्मेवारी त्याग्दै अमेरिका बस्ने निर्णय गरेका थिए। त्यसयता उनीहरू र शाही परिवारबीच सम्बन्ध चिसिएको मानिँदै आएको छ ।
राजा चार्ल्सको कार्यतालिका धेरै अघि नै तय हुने भएकाले पिता-छोराको भेट हुने सम्भावना निकै कम मानिएको थियो। तर अन्ततः दुवैबीच भेट हुन सफल भएको हो ।
यद्यपि सबै कुरा सहज भने रहेन । ह्यारी र शाही अधिकारीबीच केही असहज अवस्था पनि सिर्जना भएको थियो । सुरुमा अधिकारीहरूले उनलाई बकिङ्घम दरबारमा बस्न निमन्त्रणा दिएका थिए । तर समयमै जवाफ नआएपछि उक्त प्रस्ताव फिर्ता लिइएको थियो, जसले केही तनाव उत्पन्न गरेको बताइएको छ ।
ह्यारीको बेलायत भ्रमण अर्को कारणले पनि चर्चामा रह्यो । उनले बेलायती पत्रिकाविरुद्ध दायर गरेको गोपनीयता उल्लङ्घनसम्बन्धी मुद्दामा अदालतबाट हार बेहोरे । अदालतले ह्यारीले आफ्ना आरोप पुष्टि गर्न नसकेको ठहर गरेको थियो । शाही परिवारसँग देखिएको दूरीको एउटा कारण उनका यस्ता कानुनी विवाद पनि मानिन्छ ।
राजकुमार ह्यारीले यसअघि पनि क्यान्सरको उपचार गराइरहेका ७७ वर्षीय पिता राजा चार्ल्ससँग सम्बन्ध सुधार्न चाहेको सार्वजनिक रूपमा बताएका थिए । गत सेप्टेम्बरमा पनि छोटो बेलायत भ्रमणका क्रममा उनीहरूबीच चियापानसहित भेट भएको थियो ।
यो पारिवारिक भेटलाई शाही परिवारमा लामो समयदेखि देखिएको दूरी घटाउने र सम्बन्ध सुधार्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढीपछि काठमाडौँ महानगर उद्धार तथा राहतका लागि तयारी अवस्थामा
-
भोटेकोशी बाढी प्रभावित संवेदनशील समूहलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह
-
नेप्सेमा ३५.९२ अंकको गिरावट, ४ अर्ब ७७ करोडको कारोबार
-
नागरिकलाई बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ- रवि लामिछाने
-
टप एन्ड सिरिज: एसिटीले नेपाल ‘ए' लाई दियो १४१ रनको लक्ष्य
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।