होर्मुजमा जहाजमाथि आक्रमणपछि अमेरिकाद्वारा इरानमाथि हवाई हमला

२०८३ अषाढ़ २४ बुधवार
सारांश
  • होर्मुज जलडमरूमध्यमा तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई हमला गरेको छ ।

काठमाण्डौ, २४ अषाढ़ । होर्मुज जलडमरूमध्यमा तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई हमला गरेको छ ।

 

अमेरिकी केन्द्रीय सैन्य कमान्डले अन्तर्राष्ट्रिय जलमार्गमा व्यावसायिक जहाजलाई निशाना बनाइएकाले जवाफी कारबाही गरिएको जनाएको छ । इरानले भने अमेरिकी आक्रमणलाई गत महिना भएको दुई देशबीचको समझदारीको उल्लङ्घन भन्दै आवश्यक कदम चाल्ने चेतावनी दिएको छ ।

 

इरानी सञ्चारमाध्यमका अनुसार किस्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा आक्रमण हुँदा केही व्यक्ति घाइते भएका छन् । यसअघि अमेरिकाले इरानलाई दिइएको तेल बिक्रीसम्बन्धी अस्थायी छुट पनि खारेज गरेको थियो ।

 

यसैबीच कतार र साउदी अरबले आफ्ना तेल ट्याङ्करमाथि भएको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गरेका छन् । विश्वको करिब पाँचौँ भाग तेल तथा ग्यास ओसारपसार हुने हर्मुज जलडमरूमध्यमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमाथि चिन्ता बढाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार