एनपीएलको तेस्रो संस्करणमा कसले कुन पुरस्कार पाए ?

६ मार्ग, २०८३
सारांश
  • नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

काठमाण्डौ, ०६ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

 

शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले पहिलोपटक उपाधि जितेको थियो ।

 

उपाधि जितेको सुदूरपश्चिम रोयल्सले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

 

व्यक्तिगत विधातर्फ सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

 

चितवन राइनोजका रिजन ढकाल प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै विद्युतीय गाडी पुरस्कार पाउन सफल भएका छन् । प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका ढकालले गोल्डेन क्यापसँगै दुई लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । उनी उत्कृष्ट बलरसमेत घोषित भएका छन् । उत्कृष्ट बलर बनेबापत उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।

 

यसैगरी, विराटनगर किङ्सका लोकेश बम नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउने खेलाडी घोषित भएका छन् । उनले प्रतियोगितामा २४२ रन बनाएका थिए । यस उपलब्धिका लागि उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

 

त्यस्तै, जनकपुर बोल्ट्सका राहुल यादव प्रतियोगिताको उदयीमान खेलाडी घोषित भएका छन् । उनले पनि मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

 

चितवन राइनोजका कमिल मिसार प्रतियोगिताको उत्कृष्ट ऊर्जाशील खेलाडी घोषित भएका छन् । उनले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

 

पोखरा एभेन्जर्सका युवराज साम्राले प्रतियोगितामा सर्वाधिक २९४ रन बनाउँदै प्लेटिनम क्याप जितेका छन् । उनले यस विधामा दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, लुम्बिनी लायन्सले यस सिजनको एमसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेको छ ।

 

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले एनपीएलसँग सहकार्य गर्दै प्रतियोगितामा उत्कृष्ट खेलभावना, निष्पक्ष खेल प्रदर्शन तथा विपक्षी टोली, खेल पदाधिकारी र दर्शकप्रति सम्मान देखाउने टिमलाई गत सिजनदेखि यो अवार्ड दिन शुरु गरिएको हो । गत सिजनमा यो अवार्ड काठमाडौँ गोर्खाजले पाएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार