श्रीलङ्काको नेगोम्बो कारागारमा हिंसात्मक झडपमा २५ जनाको मृत्यु

२०८३ अषाढ़ २३ मङ्गलवार
सारांश
  • श्रीलङ्काको राजधानी कोलम्बो नजिकै रहेको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।

काठमाण्डौ, २३ अषाढ़ । श्रीलङ्काको राजधानी कोलम्बो नजिकै रहेको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । मृतकमध्ये चार जना कारागार कर्मचारी र १५ जना कैदी रहेका छन् ।

 

घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिदै नेगोम्बो अस्पतालकी निर्देशक पुष्पा गमलाथले अस्पतालमा चार कारागार कर्मचारी र १५ कैदीको शव ल्याइएको बताएका छन् ।

 

प्रहरी र स्थानीय सञ्चारमाध्यमका अनुसार कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको नेगोम्बो कारागारमा आइतबार सुरु भएको हिंसा सोमबारसम्म जारी रहेको थियो ।

 

घटनामा कारागार कर्मचारी र कैदी दुवै पक्षका व्यक्ति मृतक तथा घाइते भएको जनाइएको छ । श्रीलङ्का प्रहरीका प्रवक्ता चन्दना हेराथले कारागारभित्र झडप भएको र मानवीय क्षति भएको पुष्टि गरेका छन् । तर, घटनाको कारण र अन्य विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार