भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको संख्या ३ हजार ३४२ पुग्यो
२२ आषाढ़, २०८३, सोमवार
- अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न सहयोगी संस्थासँग मिलेर सञ्चालन गरिएको अस्थायी अस्पतालले हालसम्म करिब ४ सय बिरामीको उपचार गरिसकेको छ ।
काठमाडौँ: भेनेजुएलामा गएको शक्तिशाली दोहोरो भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ३४२ पुगेको छ । भेनेजुएलाको सूचना मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घाइते हुनेको संख्या १६ हजार ४७० पुगेको छ भने घरबारविहीन हुनेको संख्या १७ हजार ३४५ पुगेको छ।
यसअघि आइतबार नै भेनेजुएलाको २१५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछिको सरकारी कदमको बचाउ गरेकी छन् । उद्धार तथा राहत कार्य ढिलो भएको र पर्याप्त नभएको भन्दै बढ्दो असन्तुष्टिबीच उनले सरकारले तत्काल आवश्यक कदम चालेको दाबी गरिन् ।
राष्ट्रपति रोड्रिगेजले भूकम्पलगत्तै सुरक्षा बल परिचालन गरिएको र विपद् तथा आपत्कालीन अवस्थाको प्रभावकारी व्यवस्थापनका लागि नयाँ सैन्य इकाइ गठन गरिएको जानकारी दिइन् । उनका अनुसार उक्त इकाइले भविष्यमा यस्ता विपद्को सामना गर्न उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउनेछ ।
यस्तै, गैरसरकारी तर व्यापक रूपमा प्रयोग हुँदै आएको विवरणअनुसार अझै ४१ हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन् ।
अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न सहयोगी संस्थासँग मिलेर सञ्चालन गरिएको अस्थायी अस्पतालले हालसम्म करिब ४ सय बिरामीको उपचार गरिसकेको छ ।
गत बुधबार ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको मुख्य भूकम्प गएको थियो । सन् १९०० यताकै सबैभन्दा शक्तिशाली मानिएको उक्त भूकम्पले राजधानी काराकास र सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा व्यापक क्षति पुर्याएको छ । राजधानीको मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वार सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले भौतिक पूर्वाधारमा करिब छ अर्ब ७० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति भएको अनुमान गरेको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत बराबर हो । जोखिम मूल्याङ्कन गर्ने संस्था भेरिस्कले भने कुल आर्थिक क्षति १० अर्ब अमेरिकी डलरभन्दा बढी हुने आकलन गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।