इरानको कुवेत-बहराइनमा मिसाइल प्रहार, अमेरिकाद्वारा तेहरानको निगरानी राडार नष्ट
२०८३ जेठ २४ आईतवार
- अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानले रातभर कुवेत र बहराइनलाई लक्षित गरी प्रहार गरेको क्षेप्यास्त्र तथा अन्य आक्रमणहरूलाई पनि अमेरिकी सेनाले अवरोध गरेको थियो ।
काठमाडौँ: अमेरिका र इरानबीचको तनावपूर्ण अवस्थाबीच अमेरिकी सेनाले इरानका तटीय निगरानी राडार केन्द्रहरूमा आक्रमण गरेको जनाएको छ । साथै, होर्मुज जलडमरूमध्यतर्फ प्रक्षेपण गरिएका इरानका चार एकतर्फी आक्रमणकारी ड्रोन पनि खसालिएको अमेरिकी सेनाले दाबी गरेको छ ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानले रातभर कुवेत र बहराइनलाई लक्षित गरी प्रहार गरेको क्षेप्यास्त्र तथा अन्य आक्रमणहरूलाई पनि अमेरिकी सेनाले अवरोध गरेको थियो । उक्त घटनामा कुनै पनि अमेरिकी सैनिक हताहत नभएको बताइएको छ ।
यता, इरानको सरकारी सञ्चारमाध्यमले इस्लामिक क्रान्तिकारी गार्ड कोर्प्सले अमेरिकी सैन्य कारबाहीको जवाफस्वरूप रातभर अमेरिकी हवाई अड्डा र अन्य अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ ।
इरानले आफ्ना राडार केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणलाई युद्धविराम सम्झौताको स्पष्ट उल्लंघन भएको आरोप लगाएको छ । इरानी विदेश मन्त्रालयले आफ्नो सेनाले सतर्क, निर्णायक र समानुपातिक ढंगले प्रतिकार गरेको जनाएको छ ।
क्षेत्रीय प्रतिक्रिया स्वरूप कुवेतको रक्षा मन्त्रालयले शनिबार बिहान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका सातवटा ब्यालिस्टिक क्षेप्यास्त्र पत्ता लगाई नियन्त्रणमा लिएको जनाएको छ । बहराइनले पनि इरानबाट प्रक्षेपण गरिएका तीनवटा क्षेप्यास्त्र र केही ड्रोन नष्ट गरिएको जानकारी दिएको छ। दुवै देशले घटनामा कुनै मानवीय क्षति नभएको बताएका छन् र पछिल्ला आक्रमणहरूको निन्दा गरेका छन् ।
यसैबीच, संयुक्त अरब इमिरेट्स, इजिप्ट र साउदी अरेबियासहित खाडी क्षेत्रका अन्य मुलुकहरूले पनि आफ्ना छिमेकी राष्ट्रहरूलाई लक्षित गर्दै इरानले गरेको आक्रमणको आलोचना गरेका छन् । उनीहरूले यस्ता गतिविधिले खाडी क्षेत्रको सुरक्षा र स्थायित्वमा गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।