अमेरिकी सेनाले होर्मुज आसपास इरानका चार ड्रोनमा आक्रमण
२०८३ जेठ १४ विहिवार
- अमेरिकी सेनाले बन्दर अब्बासस्थित एउटा भू–नियन्त्रण केन्द्रमा पनि आक्रमण गरेको थियो, जहाँबाट पाँचौँ ड्रोन प्रक्षेपण गर्ने तयारी भइरहेको बताइएको छ ।
एजेन्सी, १४ जेठ । अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य आसपास इरानका चार आक्रमणकारी ड्रोन खसालेको जनाएको छ । अमेरिकी सेनाले बन्दर अब्बासस्थित एउटा भू–नियन्त्रण केन्द्रमा पनि आक्रमण गरेको थियो, जहाँबाट पाँचौँ ड्रोन प्रक्षेपण गर्ने तयारी भइरहेको बताइएको छ ।
एक अमेरिकी अधिकारीले उक्त कारबाही सीमित र पूर्ण रूपमा रक्षात्मक रहेको बताएका छन् । उनका अनुसार युद्धविराम कायम राख्नु र अमेरिकी सैनिकको सुरक्षा सुनिश्चित गर्नु नै कारबाहीको मुख्य उद्देश्य थियो । अमेरिकी सेनाले ती ड्रोन आफ्ना सैनिक तथा सैन्य अड्डाका लागि खतरा बन्न सक्ने निष्कर्ष निकालेपछि निशाना बनाएको जनाइएको छ ।
यसैबीच, कुवेतको सरकारी समाचार संस्थाका अनुसार देशभर साइरन बजाइएको छ । कुवेती सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणाली शत्रुपक्षबाट हुन सक्ने मिसाइल तथा ड्रोन आक्रमण रोक्न सक्रिय रहेको जनाएको छ ।
कुवेत सेनाको जनरल स्टाफले जारी गरेको विज्ञप्तिमा नागरिकले सुनेका विस्फोटका आवाज हवाई प्रतिरक्षा प्रणालीले आक्रमण अवरोध गर्दा उत्पन्न भएको उल्लेख गरिएको छ । सेनाले नागरिकलाई सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न र सतर्क रहन आग्रह गरेको छ ।
तर, हालसम्म ती मिसाइल र ड्रोन कुन पक्षबाट प्रहार गरिएको हो भन्ने स्पष्ट हुन सकेको छैन । घटनाबारे थप विवरण आउने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।