- रिभोलुसनरी गार्डले कुन अमेरिकी सैन्य अड्डालाई निशाना बनाइएको हो भन्ने खुलाएको छैन । अमेरिकाका मध्यपूर्व क्षेत्रका विभिन्न देशमा सैन्य अड्डा रहेका छन् ।
काठमाण्डौ, १४ जेठ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी सरकारी निकट सञ्चारमाध्यमका अनुसार उक्त सैन्य अड्डाबाट बिहीबार बिहान इरानी लक्ष्यमा अमेरिकी आक्रमण गरिएको भन्दै त्यसको जवाफस्वरूप कारबाही गरिएको हो ।
रिभोलुसनरी गार्डले कुन अमेरिकी सैन्य अड्डालाई निशाना बनाइएको हो भन्ने खुलाएको छैन । अमेरिकाका मध्यपूर्व क्षेत्रका विभिन्न देशमा सैन्य अड्डा रहेका छन् ।
फार्स समाचार संस्थाले रिभोलुसनरी गार्डको जनसम्पर्क कार्यालयलाई उद्धृत गर्दै प्रकाशित गरेको विवरणअनुसार बन्दर अब्बास विमानस्थल बाहिरको क्षेत्रमा अमेरिकी सेनाले बिहीबार बिहान हवाई प्रक्षेपास्त्रमार्फत आक्रमण गरेको थियो । त्यसपछि बिहान ४ बजेर ५० मिनेटमा उक्त आक्रमणको स्रोत मानिएको अमेरिकी सैन्य अड्डालाई निशाना बनाइएको जनाइएको छ ।
रिभोलुसनरी गार्डले आफ्नो प्रतिक्रिया अमेरिकाका लागि 'गम्भीर चेतावनी' भएको उल्लेख गर्दै अमेरिकी आक्रमणको जवाफ नदिइने अवस्था नरहेको चेतावनी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।