इजरायलका विमानस्थलमा ठुलो संख्यामा अमेरिकी सैन्य विमानको तैनाथी
२०८३ जेठ १३ बुधवार
- विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी लडाकु विमान र आकाशमै इन्धन भर्ने विमानको उपस्थितिले नियमित उडानसमेत प्रभावित हुन थालेका छन् ।
एजेन्सी, १३ जेठ । इजरायलका विमानस्थलहरूमा ठूलो सङ्ख्यामा अमेरिकी सैन्य विमान तैनाथ गरिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी लडाकु विमान र आकाशमै इन्धन भर्ने विमानको उपस्थितिले नियमित उडानसमेत प्रभावित हुन थालेका छन् ।
बेन गुरिओन विमानस्थल र रामोन विमानस्थलमा दर्जनौँ अमेरिकी सैन्य विमान राखिएका छन् । इरानसँग युद्धविराम घोषणा भइसकेपछि पनि ती विमान अझै इजरायलमै रहेको र तत्काल फिर्ता लैजाने कुनै संकेत नदेखिएको जनाइएको छ ।
अमेरिका र इरानबीच तनाव र आक्रमणको अवस्था कायम रहे पनि वार्ताको प्रयास भने जारी रहेको बताइएको छ । दुवै देशले मध्यस्थकर्तामार्फत सम्भावित समझदारीका लागि पहल गरिरहेका छन् । तर हालसम्म कुनै ठूलो सहमतिको संकेत देखिएको छैन ।
तेहरानमा भने अमेरिका र इरानबीच कुनै न कुनै समझदारी बन्न सक्ने आशा बढेको छ । यही अपेक्षाका कारण यस साता इरानी मुद्राको मूल्यमा ५ प्रतिशतभन्दा बढी वृद्धि भएको बताइएको छ ।
युद्धको जोखिम, अमेरिकी दबाब र बन्दरगाह नाकाबन्दीका कारण इरानको अर्थतन्त्रमा गम्भीर असर परेको छ । तेहरानका एक व्यापारीले बजारमा सामान आपूर्तिलाई लिएर चिन्ता बढिरहेको बताएका छन् । उनका अनुसार मूल्य निरन्तर परिवर्तन भइरहेका छन् भने धेरै विद्युतीय सामग्री पहिलेझैँ सहज रूपमा उपलब्ध छैनन् ।
अल जजिराको प्रतिवेदनअनुसार इरान सम्भावित नयाँ युद्धको तयारीमा जुटिरहेको छ । तेहरानले वासिङ्टनमाथि कुनै विश्वास नरहेको निष्कर्ष निकाल्दै होर्मुज जलडमरूमध्यलाई आफ्नो सबैभन्दा महत्वपूर्ण रणनीतिक हतियारका रूपमा हेरिरहेको बताइएको छ ।
प्रतिवेदनअनुसार इरानी अधिकारीहरू अहिले तीन मोर्चामा सक्रिय छन् । तीमध्ये सैन्य तयारी, आन्तरिक समर्थन बलियो बनाउने र कूटनीतिक पहल प्रमुख रहेका छन् । वार्ताको ढोका खुला राखिए पनि सेना र इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स उच्च सतर्कतामा राखिएको छ ।
इरानले होर्मुज जलडमरूमध्यलाई आफ्नो रणनीतिक शक्तिको मुख्य आधार मान्दै आएको छ । विश्वको ठूलो परिमाणमा तेल यही समुद्री मार्गबाट ओसारपसार हुने भएकाले तेहरानले यसलाई अमेरिका र उसका सहयोगीमाथि दबाब सिर्जना गर्ने प्रभावकारी माध्यमका रूपमा लिएको छ ।
इरानी नेतृत्वले नयाँ द्वन्द्व उत्पन्न भए अमेरिकाका सैन्य अड्डा, ऊर्जा संरचना तथा सम्बन्धित हितहरू निशानामा पर्न सक्ने चेतावनी दिएको छ । केही दिनअघि इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सले पनि अमेरिकाबाट नयाँ आक्रमण भए त्यसको जवाफ पहिलेभन्दा बढी हिंसात्मक हुने र त्यसको असर मध्यपूर्व बाहिरसम्म महसुस हुने चेतावनी दिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढीपछि काठमाडौँ महानगर उद्धार तथा राहतका लागि तयारी अवस्थामा
-
भोटेकोशी बाढी प्रभावित संवेदनशील समूहलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह
-
नेप्सेमा ३५.९२ अंकको गिरावट, ४ अर्ब ७७ करोडको कारोबार
-
नागरिकलाई बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ- रवि लामिछाने
-
टप एन्ड सिरिज: एसिटीले नेपाल ‘ए' लाई दियो १४१ रनको लक्ष्य
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।