- अमेरिकी अधिकारीका अनुसार प्रस्तावित सम्झौतामा अझै हस्ताक्षर भएको छैन । सम्झौताले अन्तिम स्वीकृति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईबाट पाउन बाँकी छ । यस प्रक्रियामा केही दिन लाग्न सक्ने बताइएको छ ।
काठमाडौँ: अमेरिका र इरानबीच जारी तनाव र युद्ध अन्त्य गर्दै होर्मुज जलडमरूमध्यमा लगाइएको अवरोध हटाउने विषयमा सैद्धान्तिक सहमति नजिक पुगेको जनाइएको छ ।
यद्यपि केही संवेदनशील विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ । इरानले भने हालसम्म सार्वजनिक रूपमा कुनै औपचारिक सहमति भएको पुष्टि गरेको छैन । पछिल्लो २४ घण्टामा इरानी अधिकारीहरूको अभिव्यक्तिमा पनि फरक–फरक धारणा देखिएको जनाइएको छ ।
अमेरिकी अधिकारीका अनुसार प्रस्तावित सम्झौतामा अझै हस्ताक्षर भएको छैन । सम्झौताले अन्तिम स्वीकृति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईबाट पाउन बाँकी छ । यस प्रक्रियामा केही दिन लाग्न सक्ने बताइएको छ ।
सम्झौताअनुसार होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याइनेछ । त्यसको बदलामा इरानले आफ्नो संवर्धित युरेनियम भण्डार समाप्त गर्न सहमत हुने प्रस्ताव गरिएको छ । तर यो प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा अझै छलफल जारी रहेको अधिकारीहरूले बताएका छन् ।
ट्रम्पले उक्त संवर्धित सामग्री अमेरिकाको नियन्त्रणमा ल्याउन चाहेको जनाइएको छ । उनले सामाजिक सञ्जालमार्फत आफ्ना प्रतिनिधिहरूलाई सम्झौतामा हतार नगर्न निर्देशन दिएको बताएका छन् ।
यसैबीच अमेरिकी विदेशमन्त्री मारको रुबियोले अमेरिका र इरानबीच वार्ता जारी रहेको बताएका छन् । उनका अनुसार प्रस्तावमा होर्मुज जलडमरूमध्य खुला राख्ने र निश्चित समयसीमाभित्र इरानको आणविक कार्यक्रमबारे गम्भीर वार्ता गर्ने विषय समावेश छ ।
रुबियोले खाडी क्षेत्रका देशहरूले पनि उक्त योजनालाई समर्थन गरिरहेको बताएका छन् । विश्वका धेरै राष्ट्रहरूले यसलाई सकारात्मक कदमका रूपमा हेरेको उनको भनाइ छ । अमेरिकाको दृष्टिमा यो सम्झौता विश्व समुदायकै हितमा हुन सक्ने उनले उल्लेख गरेका छन् ।
भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रुबियोले ट्रम्प कुनै हतारमा नरहेको बताएका छन् । खराब सम्झौता नगर्ने स्पष्ट पार्दै उनले अमेरिका पहिले कूटनीतिक प्रयासलाई पूर्ण अवसर दिन चाहेको र त्यसपछि मात्रै अन्य विकल्पबारे विचार गरिने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।