- इरानले युद्ध अन्त्य गर्ने प्रयासस्वरूप आफ्नो अत्यधिक संवर्धित युरेनियम भण्डार छोड्न तयार भएको दाबि गरिएको छ ।
एजेन्सी, १० जेठ । इरानले युद्ध अन्त्य गर्ने प्रयासस्वरूप आफ्नो अत्यधिक संवर्धित युरेनियम भण्डार छोड्न तयार भएको दाबि गरिएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार इरानले अमेरिका समक्ष उक्त युरेनियम हटाउन सहमति जनाएको हो । तर यसलाई कसरी र कहाँ पठाइने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन । यसबारे थप छलफल हुने बताइएको छ ।
इरानसँग हाल चार सय किलोभन्दा बढी यस्ता युरेनियम रहेको छ, जसलाई अझ प्रशोधन गरेर परमाणु हतियार बनाउन प्रयोग गर्न सकिने चिन्ता व्यक्त गरिएको छ ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी समझदारी लगभग अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । उनका अनुसार समझदारीको मस्यौदा धेरै हदसम्म तयार भइसकेको छ र अब केवल अन्तिम स्वीकृति बाँकी छ । यसमा होर्मुज जलमार्ग पुनः खोल्ने विषय पनि समावेश रहेको बताइएको छ ।
यसअघि एक्सियोस समाचार संस्थासँगको टेलिफोन कुराकानीमा ट्रम्पले इरानसँग सम्झौता हुने सम्भावना करिब ५० प्रतिशत रहेको बताएका थिए । उनले या त राम्रो समझदारी हुनेछ, या अमेरिका इरानमाथि निकै कडा कारबाहीमा जान सक्ने विकल्प पनि खुला रहेको बताएका थिए । इरान पक्षबाट भने यी दाबि बारे कुनै प्रतिक्रिया आएको छैन । तर मिडिया रिपोर्टहरुमा अमेरिका र इरान युद्धविराम ६० दिन लम्बाउन सहमत भएको र होर्मुज पनि विस्तारै खोल्ने विषयमा लगभग सहमति भएको दाबि गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।