इस्लामिक स्टेटको दोस्रो ठुलो कमाण्डर नाइजेरियामा मारिएको ट्रम्पको दाबि
२ जेठ, २०८३, शनिवार
- अल मिनुकी इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तका वरिष्ठ कमान्डर थिए । उनी इस्लामिक स्टेटको लेक चाड क्षेत्रीय एकाइका अपरेसनहरूको नेतृत्व गर्थे । साथै उनी आतङ्ककारी सञ्जाललाई आर्थिक सहयोग र निर्देशन पुर्याउने काममा पनि संलग्न थिए ।
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सैन्य कारबाहीमा अमेरिकी सेनाले नाइजेरियामा इस्लामिक स्टेटको दोस्रो सबैभन्दा ठूलो विश्वव्यापी कमान्डर मानिने अबू-बिलाल अल मिनुकीलाई मार्न सफल भएको जानकारी दिएका छन् ।
उनी इस्लामिक स्टेटको विश्वव्यापी संरचनामा अत्यन्त उच्च तहका नेता मानिन्थे । ट्रम्पले यो जानकारी दिदै उक्त कारबाही निकै जटिल र राम्रो योजना बनाएर गरिएको मिसन भएको बताएका छन् । उनका अनुसार अमेरिकी सेना र नाइजेरियाली सुरक्षा बलले संयुक्त रूपमा अत्यन्त सटीकताका साथ यो अपरेसन सम्पन्न गरेका हुन् । ट्रम्पले अल-मिनुकीलाई विश्वकै सबैभन्दा सक्रिय आतङ्ककारीमध्ये एक भन्दै टिप्पणी गरेका छन् ।
ट्रम्पले अल मिनुकीलाई आफू अफ्रिकामा लुकेर सुरक्षित रहन सक्छु भन्ने भ्रम रहेको तर अमेरिकी निकायसँग उनको गतिविधिबारे निरन्तर सूचना आउने स्रोतहरू सक्रिय रहेको उनले दाबी गरे । ट्रम्पले यो सफलतापछि खुसी व्यक्त गर्दै अब उक्त आतङ्ककारीले अफ्रिकाका नागरिकलाई त्रसित बनाउन नसक्ने र अमेरिकाविरुद्ध आक्रमणको योजना पनि बनाउन नपाउने बताएका छन् । उनका अनुसार यस कारबाहीले इस्लामिक स्टेटको विश्वव्यापी सञ्जाल कमजोर बनाउनेछ। उनले सहयोगका लागि नाइजेरिया सरकारप्रति पनि आभार व्यक्त गरेका छन् ।
अबू बिलाल अल मिनुकीलाई अबू बक्र इब्र मुहम्मद इब्र अली अल मैनुकी भनेर पनि चिनिन्थ्यो । उनी मुख्य रूपमा अफ्रिकाको साहेल क्षेत्रमा सक्रिय थिए । यो क्षेत्र अटलान्टिक महासागरदेखि लाल सागरसम्म करिब ५ हजार ९ सय किलोमिटर फैलिएको छ । यसमा सेनेगल, मोरिटानिया, माली, बुर्किना फासो, नाइजर, नाइजेरिया, चाड र सुडानजस्ता देशहरू पर्छन्। यसको प्रभाव गाम्बिया, गिनी, क्यामरुन र इरिट्रियासम्म पनि फैलिएको मानिन्छ ।
अल मिनुकी इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तका वरिष्ठ कमान्डर थिए । उनी इस्लामिक स्टेटको लेक चाड क्षेत्रीय एकाइका अपरेसनहरूको नेतृत्व गर्थे । साथै उनी आतङ्ककारी सञ्जाललाई आर्थिक सहयोग र निर्देशन पुर्याउने काममा पनि संलग्न थिए ।
उनका गतिविधि अत्यन्त खतरनाक मान्दै सन् २०२३ जुनमा अमेरिकी विदेश मन्त्रालयले उनलाई विशेष रूपमा चिन्हित विश्वव्यापी आतङ्ककारीको सूचीमा राखेको थियो । ट्रम्पले उक्त कारबाहीमा संलग्न सैनिकहरूको बहादुरीको प्रशंसा गर्दै यसलाई विश्व सुरक्षाका लागि ठूलो राहत भएको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महानगरले लिफ्ट राखेपछि बाल व्यवसायी केन्द्र माविका सबै कक्षा कोठामा दृष्टिविहिन तथा व्हीलचेयर प्रयोगकर्ता विद्यार्थीको पहुँच
-
संसद बैठकमा मोबाइल चलाएको बारे महावीर पुनले दिए स्पष्टीकरण
-
ट्रम्पपछि पुटिन चीन भ्रमणमा जादै
-
अमेरिकी ग्यास स्टेशनको प्रणालीमा साइबर आक्रमण
-
कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको प्रभावशाली जित
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।