एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई

२४ कार्तिक, २०८३
सारांश
  • ट्रम्पका अनुसार सोमबार हुआङसँग भएको कुराकानीमा उनले ती महिला जासुस भएको जानकारी थियो कि थिएन भनेर सोधेका थिए । हुआङले आफूलाई ती महिला जासुस भएको कुनै जानकारी नभएको बताएको ट्रम्पले उल्लेख गरेका छन् ।

काठमाण्डौ, २४ कार्त्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङ र कथित चिनियाँ महिला जासुसबीचको प्रेम सम्बन्धबारे अनुसन्धान गरिरहेको बताएका छन् ।

 

ट्रम्पका अनुसार सोमबार हुआङसँग भएको कुराकानीमा उनले ती महिला जासुस भएको जानकारी थियो कि थिएन भनेर सोधेका थिए । हुआङले आफूलाई ती महिला जासुस भएको कुनै जानकारी नभएको बताएको ट्रम्पले उल्लेख गरेका छन् ।

 

यसअघि चीनले जासुसी अभियानअन्तर्गत हुआङलाई निशाना बनाएको समाचार सार्वजनिक भएको थियो । तर चीनको विदेश मन्त्रालयले उक्त आरोप निराधार र चीनको छवि बिगार्ने उद्देश्यले लगाइएको भन्दै खण्डन गरेको छ ।

 

यसैबीच, एनभिडियाले एलिस हुआङसँग जोडिएको घटनाबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । कम्पनीले आफ्नो गोप्य सूचना वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विवरणमा कुनै सम्झौता भएको मान्नुपर्ने आधार नरहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार