- हसिनाले आगामी डिसेम्बरमा बङ्गलादेश फर्कने तयारी गर्दै नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र माग गरेकी थिइन् । उनका कानुन व्यवसायीले नयाँदिल्लीस्थित बङ्गलादेशी उच्चायोगमा त्यसका लागि निवेदन दिएका थिए ।
काठमाण्डौ, २४ कार्त्तिक । बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ राहदानी जारी नगर्ने भएको छ ।विदेश राज्यमन्त्री हुमायुन कबिरले मृत्युदण्डको सजाय सुनाइएकाले उनलाई राहदानी दिन नसकिने बताएका छन् ।उनले भारतमा रहेकी हसिनालाई दुई देशबीचको कैदी हस्तान्तरण सम्झौताअन्तर्गत बङ्गलादेश फिर्ता ल्याउने प्रयास भइरहेको पनि बताएका छन् ।
हसिनाले आगामी डिसेम्बरमा बङ्गलादेश फर्कने तयारी गर्दै नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र माग गरेकी थिइन् । उनका कानुन व्यवसायीले नयाँदिल्लीस्थित बङ्गलादेशी उच्चायोगमा त्यसका लागि निवेदन दिएका थिए ।
बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ नोभेम्बर १७ मा सन् २०२४ को विद्यार्थी आन्दोलन दमनका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै हसिनालाई मृत्युदण्ड सुनाएको थियो । संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार उक्त आन्दोलनका क्रममा करिब १ हजार ४०० जनाको मृत्यु भएको थियो ।
हसिनाले भने आफूमाथिका आरोप अस्वीकार गर्दै अदालतको फैसलालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएकी छन् । उनी सन् २०२४ अगस्ट ५ मा सत्ता छाडेर भारत पुगेकी थिइन्। त्यसयता उनी भारतमै बस्दै आएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनको व्यापार बचत १० खर्ब डलर नाघ्यो, निर्यातमा नयाँ कीर्तिमान
-
एनभिडिया प्रमुख हुआङको सम्पत्तिमा एकैदिन ७ अर्ब ४० करोड डलरले घट्यो
-
शेख हसिनालाई नयाँ राहदानी नदिने बङ्गलादेशको निर्णय
-
ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हटेपछि तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल
-
एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।