पश्चिम बंगालमा ममता बनर्जीले राजीनामा नदिए के हुन्छ ?

२०८३ वैशाख २३ बुधवार
सारांश
  • भारतको पश्चिम बंगाल राज्यमा तृणमूल कांग्रेसको निर्वाचन हारपछि मुख्यमन्त्री ममता बनर्जीले आफूले चुनाव नहारेको भन्दै राजीनामा नदिने घोषणा गरेपछि नयाँ बहस शुरु भएको छ ।

काठमाण्डौ, २३ वैशाख । भारतको पश्चिम बंगाल राज्यमा तृणमूल कांग्रेसको निर्वाचन हारपछि मुख्यमन्त्री ममता बनर्जीले आफूले चुनाव नहारेको भन्दै राजीनामा नदिने घोषणा गरेपछि नयाँ बहस शुरु भएको छ । मंगलबार निर्वाचन परिणामपछि गरिएको पहिलो पत्रकार सम्मेलनमा उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन् ।

 

उनले भारतीय जनता पार्टीमाथि बेइमानी गरेर चुनाव जितेको आरोप लगाइन्। साथै, आफ्नो पार्टीको हारका लागि निर्वाचन आयोगलाई जिम्मेवार ठहर गर्दै आयोगलाई मुख्य दोषीको संज्ञा दिएकी छन् ।

 

राजीनामाको विषयमा बोल्दै ममता बनर्जीले भनिन्, 'म किन राजीनामा दिने? हामी त हारेका छैनौँ। हारको प्रमाण देखाए मात्र राजीनामा दिन्छु । जबरजस्ती कसैले राजीनामा दिनुपर्छ भने पनि म अहिले राजीनामा दिने छैन । हामी चुनाव हारेका छैनौँ ।'

 

उनले आगामी रणनीतिबारे पार्टीभित्र छलफल गरिने र अब विपक्षीको दमन थप सहन नसक्ने बताइन्। साथै, आफू फेरि सडक आन्दोलनमा फर्किने चेतावनीसमेत दिइन् ।

 

यता, भारतीय जनता पार्टीले ममता बनर्जीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिएको छ। पार्टीका प्रवक्ता देबजीत सरकारले यस्तो अभिव्यक्तिले उनलाई नै हास्यास्पद बनाएको टिप्पणी गरे । उनका अनुसार संवैधानिक प्रक्रियामा विश्वास गर्ने व्यक्तिले यस्तो धारणा राख्न नसक्ने स्पष्ट पारे ।

 

संवैधानिक व्यवस्था के भन्छ?

 

भारतीय संविधानको धारा १६४ राज्यको मन्त्रिपरिषद् गठन र राज्यपालको अधिकारसँग सम्बन्धित छ । प्रत्येक निर्वाचनपछि राज्यपालले विधानसभा भित्र दलहरूको संख्या मूल्याङ्कन गरी बहुमत प्राप्त दललाई सरकार गठनका लागि आमन्त्रण गर्ने व्यवस्था छ । त्यसपछि मात्र सरकार गठन र सपथ ग्रहण प्रक्रिया पूरा हुन्छ । यदि कुनै मन्त्री संसद सदस्य नभएमा उसले ६ महिनाभित्र सदस्यता लिनुपर्ने हुन्छ । तोकिएको समयभित्र सदस्यता प्राप्त नगरेमा मन्त्री वा मुख्यमन्त्री पदमा रहन पाउँदैन । धारा १६४ (१) अनुसार मुख्यमन्त्री ‘राज्यपालको इच्छा रहुञ्जेल’ पदमा रहन सक्छन् । यहाँ राज्यपालको इच्छा भन्नाले निर्वाचित प्रतिनिधिहरूको बहुमतले दिएको समर्थनलाई जनाउँछ ।

 

यदि वर्तमान मुख्यमन्त्रीले राजीनामा नदिएमा राज्यपालले आफ्नो अधिकार प्रयोग गर्दै मन्त्रिपरिषद् बर्खास्त गर्न सक्ने प्रावधान पनि रहेको छ । यस्तै, संविधानको धारा १७२ राज्य विधानमण्डलको कार्यकालसँग सम्बन्धित छ । यस अनुसार विधानसभा पहिलो बैठकको मितिबाट पाँच वर्षसम्म कायम रहन्छ । पाँच वर्ष पूरा भएपछि स्वतः विघटन हुने व्यवस्था गरिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार