जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
२०८३ असोज ०१ विहिवार
- जापानकी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो पहिलो मन्त्रिपरिषद् पुनर्गठन गर्दै १८ मध्ये १० मन्त्री परिवर्तन गरेकी छन् ।
एजेन्सी, ०१ असोज । जापानकी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो पहिलो मन्त्रिपरिषद् पुनर्गठन गर्दै १८ मध्ये १० मन्त्री परिवर्तन गरेकी छन् ।
तर अर्थ, परराष्ट्र, रक्षा र वित्तजस्ता महत्वपूर्ण मन्त्रालयका मन्त्रीलाई निरन्तरता दिइएको छ । ताकाइचीले सन् २०२५ अक्टोबरमा प्रधानमन्त्री बनेपछि पहिलोपटक मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । पुनर्गठनमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री योशिमासा हयाशीलाई हटाइएको छ भने जापान इनोभेसन पार्टीका हिरोसी नकात्सुकालाई मन्त्रिपरिषद्मा समेटिएको छ । उनी उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी हुने पहिलो नेता बनेका छन् ।
ताकाइचीले परराष्ट्रमन्त्री तोसिमित्सु मोतेगी, रक्षामन्त्री सिन्जिरो कोइजुमी, अर्थमन्त्री सात्सुकी कटायामा र अर्थतन्त्रसम्बन्धी मन्त्री मिनोरु किउचीलाई निरन्तरता दिएकी छन् । उद्योगमन्त्री र्योसेइ अकाजावालाई पनि यथावत् राखिएको छ। महत्वपूर्ण मन्त्रालयमा निरन्तरता दिँदा आर्थिक तथा परराष्ट्र नीतिमा ठूलो परिवर्तन नहुने संकेत गरिएको छ ।
ताकाइची सरकारले महँगी नियन्त्रण, कमजोर येन, बढ्दो सरकारी ऋण र अमेरिकासँगको सम्बन्धलगायत विषयलाई प्राथमिकतामा राखेको छ । सरकारले खाद्य वस्तुमाथिको उपभोग कर घटाउने योजना अघि बढाइरहेको छ भने रक्षा क्षमतासमेत विस्तार गर्ने तयारी गरिरहेको छ ।
चीनसँगको सम्बन्ध, ताइवानसम्बन्धी सुरक्षा चासो तथा अमेरिकासँग रक्षा र लगानीका विषयमा बढ्दो समन्वय पनि जापान सरकारका प्रमुख चुनौतीका रूपमा छन् । सरकारले यस वर्षको अन्त्यसम्ममा राष्ट्रिय सुरक्षा तथा रक्षा नीतिसम्बन्धी प्रमुख दस्तावेज पुनरावलोकन गर्ने तयारी गरेको छ ।
मन्त्रिपरिषद् पुनर्गठनलाई ताकाइची नेतृत्वले सरकारको स्थायित्व कायम राख्दै महत्वपूर्ण नीतिलाई निरन्तरता दिने प्रयासका रूपमा अघि सारेको छ । जापानको नयाँ मन्त्रिपरिषद्ले आगामी संसद् अधिवेशनमा आर्थिक, कर तथा सुरक्षा नीतिसम्बन्धी विषयलाई अघि बढाउने तयारी गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।