बेलायतमा सार्वजनिक कार्यक्रममा देखिए राजकुमार ह्यारी

२०८३ असोज ०२ शुक्रवार
सारांश
  • अमेरिकाबाट परिवारसहित बेलायत फर्किएको तीन सातापछि राजकुमार ह्यारी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

काठमाडौँ । अमेरिकाबाट परिवारसहित बेलायत फर्किएको तीन सातापछि राजकुमार ह्यारी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

 

उनले बिहीबार लन्डनमा घाइते पूर्वसैनिकका लागि स्थापना गरिएको आफ्नो संस्था ‘इनभिक्टस गेम्स’को कोष संकलन कार्यक्रममा सहभागिता जनाएका हुन् । सैनिक सेवासँग सम्बन्धित सम्मानसहितको पोसाकमा कार्यक्रममा पुगेका ४२ वर्षीय ह्यारीले घाइते पूर्वसैनिकसँग तस्बिर खिचाएका थिए । उनकी पत्नी मेघन मार्कल भने कार्यक्रममा सहभागी भइनन् ।

 

ह्यारी र मेघन आफ्ना दुई सन्तानसहित अगस्ट २६ मा बेलायत पुगेका थिए । त्यसयता उनीहरू सार्वजनिक रूपमा निकै कम देखिएका छन् । ह्यारीले करिब छ वर्षअघि परिवारसँगको तनावबीच बेलायत छाडेर अमेरिकाको क्यालिफोर्निया बसाइँ सरेका थिए । त्यसपछि परिवारसँगको सम्बन्धमा थप विवाद उत्पन्न भएको थियो । ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’ प्रकाशित गरेपछि पारिवारिक विवाद झन् बढेको थियो ।

 

ह्यारीको पछिल्लो सार्वजनिक उपस्थितिको समयमा उनकी आमा राजकुमारी डायनाका भाइ चार्ल्स स्पेन्सरले राजा चार्ल्स तृतीयको डायनाप्रतिको व्यवहारबारे कडा आलोचना गरेका छन् । डेली मेलमा धारावाहिक रूपमा प्रकाशित भइरहेको आफ्नो संस्मरणमा स्पेन्सरले सन् १९९६ मा डायनाको कार दुर्घटनामा मृत्यु भएको रात तत्कालीन राजकुमार चार्ल्स निकै उत्साहित सुनिएको दाबी गरेका छन् ।

स्पेन्सरको दाबीपछि बकिङ्घम दरबारले असामान्य रूपमा प्रतिक्रिया जनाउँदै चार्ल्सले पारिवारिक शोकका कारण पीडाले मानिसको सोच, निर्णय र स्मरणमा प्रभाव पार्न सक्ने विषयप्रति सचेत रहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार