जापानमा एक लाखभन्दा बढी नागरिकको उमेर १०० वर्ष माथी
३१ भाद्र, २०८३, बुधवार
- यो तथ्याङ्क जापानी समाजको उल्लेखनीय दीर्घायुको प्रमाण हो। तर यससँगै देशले सामना गरिरहेको अर्को गम्भीर चुनौती पनि उजागर गर्छ, बुढ्यौलीतर्फ तीव्र गतिमा अघि बढिरहेको जनसंख्या।
जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेरका मानिसको संख्या पहिलोपटक एक लाख नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा अहिले १ लाख ७ हजार ६ सय ७७ जना १०० वर्ष माथि पुगेका छन्।
तीमध्ये ८८ प्रतिशत महिला छन्। सबैभन्दा ज्येष्ठ महिला क्योटोकी ११४ वर्षीया किशिमोतो फुयो र पुरुष कुमामोतोका ११२ वर्षीय काटो हिकारु रहेको बताइएको छ।
यो तथ्याङ्क जापानी समाजको उल्लेखनीय दीर्घायुको प्रमाण हो। तर यससँगै देशले सामना गरिरहेको अर्को गम्भीर चुनौती पनि उजागर गर्छ, बुढ्यौलीतर्फ तीव्र गतिमा अघि बढिरहेको जनसंख्या।
जापानीहरूको लामो आयुका पछाडि स्वस्थ खानपान, सक्रिय जीवनशैली र स्वास्थ्य सेवामा भएको प्रगतिलाई प्रमुख कारण मानिन्छ। जापानी भोजनमा माछा, तरकारी र भातको मात्रा बढी हुन्छ भने पश्चिमी खानाको तुलनामा संतृप्त बोसो कम हुन्छ। वृद्धवृद्धाहरू नियमित हिँडडुल गर्छन्, सार्वजनिक यातायात प्रयोग गर्छन्, साइकल चलाउँछन् र शारीरिक व्यायाममा सक्रिय रहन्छन्।
तर जापानमा जन्मदर भने लगातार घटिरहेको छ। जनसंख्या पुनःस्थापनाका लागि एउटी महिलाले औसत २.१ सन्तान जन्माउनुपर्ने मानिन्छ, जबकि गत वर्ष जापानको कुल प्रजनन दर १.१४ मा झरेको थियो। सन् २०७० सम्म जापानको जनसंख्या ८ करोड ७० लाखमा सीमित हुने अनुमान छ। अहिले ६५ वर्षभन्दा माथिका मानिसले कुल जनसंख्याको करिब ३० प्रतिशत हिस्सा ओगटेका छन्, जुन सन् २०७० सम्म झन्डै ४० प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।
यसले पेन्सन, स्वास्थ्य सेवा, श्रमशक्ति र सामाजिक सुरक्षामा ठूलो दबाब सिर्जना गरिरहेको छ। वृद्ध जनसंख्याका लागि जापानी कम्पनीहरूले शरीर चलाउन सहयोग गर्ने एक्सोस्केलेटन र स्वचालित फोकस मिलाउने चस्माजस्ता प्रविधि विकास गरिरहेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।