पोखरा विश्वविद्यालयमा चार संकायका डिनका लागि आवेदन आह्वान
२०८३ असोज ०२ शुक्रवार
- विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो ।
पोखरा । पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ ।
विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो ।
डिन छनोटका लागि उम्मेदवारले व्यक्तिगत विवरणसँगै सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना पेश गर्नुपर्नेछ । कार्ययोजनामा संकायको सबल र कमजोर पक्ष, अवसर तथा चुनौतीको विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम, कार्यान्वयन योजना, समयसीमा, स्रोत तथा बजेट र अनुगमनका विषय समेट्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।
खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको योग्यता र अनुभवसँगै संकायको विकासका लागि प्रस्तुत रणनीतिक योजना तथा त्यसलाई कार्यान्वयन गर्ने क्षमतालाई समेत आधार बनाइने उल्लेख छ ।
चारवटै संकायमा डिन नियुक्त भएपछि विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा रणनीतिक नेतृत्व थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।