ट्रम्पको चेतावनीपछि बढ्यो कच्चा तेलको मूल्य

२०८२ चैत्र १९ विहिवार
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो सम्बोधनपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ ।

एजेन्सी, १९ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो सम्बोधनपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ ।

 

ट्रम्पले आउने केही साताभित्र अमेरिका इरानमाथि थप आक्रमण तीव्र बनाउन सक्ने चेतावनी दिएका थिए । उनले इरानका विद्युत् केन्द्र र तेल कारोबारलाई लक्षित गर्ने धम्कीसमेत दोहोर्‍याएपछि बजारमा तनाव बढेको हो ।

 

यसअघि ट्रम्पको भाषणबाट मध्यपूर्वमा देखिएको तनाव कम हुने अपेक्षा गरिएको थियो । तर उनले त्यसको विपरीत तेलमा निर्भर देशहरूलाई होर्मुज क्षेत्रको संकट आफैं सम्हाल्न आग्रह गर्दै हालका लागि अमेरिकी तेल खरिद गर्न सुझाव दिएका थिए ।

 

यस प्रभावले अमेरिकी कच्चा तेलको मानक वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य भाषणअघि करिब ९८ डलर प्रति ब्यारेल रहेकामा झण्डै १०४ डलर पुगेको छ ।

 

त्यसैगरी अन्तर्राष्ट्रिय मानक ब्रेन्ट कच्चा तेलको मूल्य पनि करिब १०० डलरबाट बढेर झण्डै १०६ डलर प्रति ब्यारेल पुगेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार