- यसअघि साउदी अरेबियाको एक हवाई अड्डामा पार्क गरिएका अमेरिकी वायुसेनाका पाँच वटा विमान नष्ट भएको खबर पनि सार्वजनिक भएको छ ।
एजेन्सी, ३० फाल्गुण । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल आक्रमण भएको छ । इराकी अधिकारीहरूका अनुसार दूतावास परिसरभित्र रहेको हेलिप्याड क्षेत्रमा एक मिसाइल खसेको हो ।
यसअघि साउदी अरेबियाको एक हवाई अड्डामा पार्क गरिएका अमेरिकी वायुसेनाका पाँच वटा विमान नष्ट भएको खबर पनि सार्वजनिक भएको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार ती विमान इन्धन भर्ने ट्यांकर जस्ता थिए ।
समाचारमा ती विमान इरानको आक्रमणबाट क्षतिग्रस्त भएको उल्लेख गरिएको छ, तर आक्रमण कहिले भएको हो भन्ने स्पष्ट गरिएको छैन । यस विषयमा अमेरिकी केन्द्रीय कमान्डले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
यसैबीच, इराकमै अमेरिकी वायुसेनाको बोइङ केसी-१३५ इन्धन भर्ने विमान पनि दुर्घटनाग्रस्त भएको थियो । शुक्रबार भएको उक्त दुर्घटनामा विमानमा सवार सबै ६ जना चालकदल सदस्यको मृत्यु भएको जनाइएको छ ।
इरानसँगको युद्ध सुरु भएयता अहिलेसम्म ११ जना अमेरिकी सैनिकको ज्यान गएको बताइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।