इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट
काठमाण्डौ, २३ फाल्गुण
- इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट भएको खबर सार्वजनिक भएको छ ।
काठमाडौँ । इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट भएको खबर सार्वजनिक भएको छ । सञ्चारमाध्यमका विवरणअनुसार जोर्डनस्थित एक सैनिक हवाई अड्डामा रहेको अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा राडार प्रणाली आक्रमणमा ध्वस्त भएको हो ।
उक्त आक्रमण मुवफ्फाक साल्ती सैनिक हवाई अड्डामा भएको बताइएको छ । सो स्थानमा अमेरिकाले उच्च उचाइमा सञ्चालन हुने क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गरेको थियो । आक्रमणका क्रममा शत्रुको क्षेप्यास्त्र पहिचान गर्ने शक्तिशाली राडार प्रणाली पनि नष्ट भएको जनाइएको छ ।
यो राडार प्रणालीको मूल्य करिब ३० करोड अमेरिकी डलर अर्थात् झन्डै ४३ अर्ब नेपाली रुपैयाँ बराबर रहेको बताइन्छ । यसको मुख्य काम शत्रुपक्षबाट प्रहार गरिएका क्षेप्यास्त्र पहिचान गर्नु र प्रतिरक्षा प्रणालीलाई त्यसलाई नष्ट गर्न सहयोग गर्नु हो ।
राडार प्रणाली र उच्च उचाइ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली एउटै सुरक्षा संयन्त्रका भाग हुन्। राडारले शत्रुको क्षेप्यास्त्र पहिचान गर्छ भने प्रतिरक्षा प्रणालीले आकाशमै त्यसलाई नष्ट गर्ने काम गर्छ ।
उपग्रहबाट प्राप्त तस्बिरहरूमा हवाई अड्डाको उक्त क्षेत्रमा ठूलो क्षति भएको तथा ठूला खाडलहरू देखिएको बताइएको छ। त्यसका आधारमा त्यहाँ धेरै क्षेप्यास्त्र प्रहार गरिएको अनुमान गरिएको छ ।
उक्त राडार प्रणाली फेब्रुअरी महिनाको मध्यतिर मात्र सो हवाई अड्डामा स्थापना गरिएको थियो । त्यसको केही समयपछि अमेरिका र इजरायलले ईरानका विभिन्न स्थानमा आक्रमण सुरु गरेका थिए, जसपछि क्षेत्रीय तनाव झन् बढेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’