- तेहरानको आणविक कार्यक्रमबारे वार्ता असफल भए युद्धका लागि तयार रहने संकेत दुवै पक्षबाट दिइएपछि क्षेत्रीय तनाव झनै चर्किएको छ ।
एजेन्सी, ०८ फाल्गुण । इरानले रुससँग वार्षिक सैनिक युद्ध अभ्यास सम्पन्न गरेको छ । यो अभ्यास त्यस्तो समयमा भएको हो, जब अमेरिकाको विमानवाहक युद्धपोत पश्चिम एसियातर्फ नजिकिँदै गएको छ । तेहरानको आणविक कार्यक्रमबारे वार्ता असफल भए युद्धका लागि तयार रहने संकेत दुवै पक्षबाट दिइएपछि क्षेत्रीय तनाव झनै चर्किएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सहमति हुने आशा व्यक्त गरेका छन् । तर, तेहरानको आणविक कार्यक्रमबारे वार्ता लामो समयदेखि ठप्प छ । इरानले अमेरिका र इजारयलका मागहरूबारे छलफल गर्न अस्वीकार गरेको छ। अमेरिका र इजरायलले इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम घटाउनुपर्ने र सशस्त्र समूहहरूसँगको सम्बन्ध तोड्नुपर्ने अडान राख्दै आएका छन् । पछिल्ला साताहरूमा अप्रत्यक्ष वार्ता भए पनि उल्लेख्य प्रगति हुन सकेको छैन । दुवै पक्षले यही समयलाई युद्ध तयारीका रूपमा प्रयोग गरिरहेको आशंका पनि व्यक्त गरिएको छ ।
गत वर्ष इजरायल र अमेरिकासँग १२ दिनसम्म चलेको द्वन्द्व तथा जनवरीमा प्रदर्शनकारीमाथि भएको कडा दमनपछि इरानी सरकार कमजोर बनेको विश्लेषण गरिन्छ । यद्यपि, इरान अझै पनि इस्राइल र अमेरिकाका लक्ष्यमा आक्रमण गर्न सक्षम रहेको दाबी गर्छ । उसले कुनै पनि हमला भए त्यसले क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिएको छ ।
यसै साता इरानले हर्मुज जलडमरूमध्यमा प्रत्यक्ष गोली प्रहारसहितको युद्ध अभ्यास गरेको थियो । यो फारसको खाडीको साँघुरो समुद्री मार्ग हो, जहाँबाट विश्व व्यापारिक तेलको करिब पाँचौं भाग ओहोरदोहोर हुन्छ ।
इरानभित्र पनि तनाव बढ्दो छ । सुरक्षा बलको कारबाहीमा ज्यान गुमाएका प्रदर्शनकारीहरूको मृत्युको ४० दिन पुगेको अवसरमा शोकसभा आयोजना गरिएको छ । केही स्थानमा सरकारविरुद्ध नाराबाजीसमेत भएको छ । अधिकारीहरूले भने अशान्ति फैलाए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।