भारतको राजस्थानस्थित पटाका कारखानामा आगलागी, सात मजदुरको मृत्यु
४ फाल्गुन, २०८२, सोमवार
- घटनापछि फरेन्सिक (एफएसएल) टोलीले घटनास्थलबाट प्रमाण संकलन गरेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी रहेको प्रशासनले जनाएको छ ।
काठमाडौँ: भारतको राजस्थानको औद्योगिक क्षेत्रमा रहेको केमिकल तथा पटाका उत्पादन गर्ने कारखानामा आगलागी हुँदा सात मजदुरको मृत्यु भएको छ ।
आगलागीमा परेर गम्भीर घाइते भएका दुई मजदुरलाई उपचारका लागि नयाँ दिल्लीस्थित एम्स अस्पतालमा रिफर गरिएको छ । घटनास्थलमा पुगेकी अतिरिक्त जिल्ला मजिस्ट्रेट सुमित्रा मिश्राले सात जनाको शव फेला परेको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनका अनुसार मृतक सबै बिहारको मोतिहारी जिल्लाका बासिन्दा हुन् ।
घटनापछि फरेन्सिक (एफएसएल) टोलीले घटनास्थलबाट प्रमाण संकलन गरेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी रहेको प्रशासनले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले घटनालाई दुःखद भन्दै राहत तथा उद्धार कार्य तीव्र बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।