गाजा युद्धविराम योजना अनुमोदन, सोमबारसम्म बन्धक रिहा हुने
२०८२ असोज २४ शुक्रवार
- नेपालका विपिन जोशी र इजरायलका सैनिक तामिर निमरोदीको अवस्था अज्ञात रहेको छ ।
काठमाडौँ: इजरायलले गाजामा युद्धविराम लागू गर्ने र बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ ।
यसपछि, चाँडै युद्धविराम लागू हुने आशा गरिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सरकारले मृत वा जीवित सबै बन्धकहरूको रिहाइको योजनालाई अनुमोदन गरेको जानकारी दिएको छ ।
यो सम्झौताको अनुमोदन पछि गाजामा युद्धविराम, इजरायली सेना गाजाबाट फिर्ता हुने, बन्धक र शवहरूको आदानप्रदान र गाजामा मानवीय सहायतामा पहुँच हुने विश्वास गरिएको छ ।
यो अमेरिकी गाजा शान्ति योजनाको पहिलो चरण हो । यसमा इजरायलद्वारा प्यालेस्टिनी कैदीहरूको रिहाइ पनि समावेश छ । यसैबीच अमेरिकाले गाजामा करिब २०० सेना पठाएर कोर्डिनेसन सेन्टर बनाउने भएको छ । जसले गाजालाई सामान्य बनाउन सहयोग गर्ने भएको छ ।
त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार मंगलबारसम्म हमासले बन्धक बनाएका सबै जना रिहा हुने बताइएका छन् । सिएनएनका अनुसार हाल हमासको नियन्त्रणमा रहेका २० जना जीवित रहेका छन् । त्यस्तै नेपालका विपिन जोशी र इजरायलका सैनिक तामिर निमरोदीको अवस्था अज्ञात रहेको छ । त्यस्तै हमासले बन्धक बनाएका अन्य २६ जनाको मृत्यु भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’