बेलायती प्रधानमन्त्री स्टारमर मुम्बईमा, आज मोदीसँग भेट्दै

२०८२ असोज २३ बिहीवार
सारांश
  • बुधबार मुम्बई पुगेका स्टारमरले बलिउड अभिनेत्री रानी मुखर्जीसँग फिल्म हेरे भने उनले यशराज स्टुडियोको भ्रमण गरेका छन् ।

एजेन्सी, २३ असोज । बेलायती प्रधानमन्त्री केयर स्टारमरले भारत भ्रमणका क्रममा मुम्बई पुगेका छन् । बुधबार मुम्बई पुगेका स्टारमरले बलिउड अभिनेत्री रानी मुखर्जीसँग फिल्म हेरे भने उनले यशराज स्टुडियोको भ्रमण गरेका छन् ।

 

२०२४ मा प्रधानमन्त्री बनेपछिको यो स्टारमरको पहिलो भारत भ्रमण हो । उनीसँगै व्यापार, संस्कृति र अन्य क्षेत्रका १०० भन्दा बढी व्यक्तिहरूको प्रतिनिधिमण्डल पनि भारत आएको छ, जसमा आईटी र अटोमोबाइल लगायत विभिन्न क्षेत्रका व्यापारिक नेताहरू पनि रहेका छन् ।

 

स्टारमरले बुधबार नै कूपरेज ग्राउन्डमा भएको फुटबल कार्यक्रममा भाग लिएक छन् भने केहि फुटबल फ्यानहरुसँग भेट गरेका छन् ।

 

स्टारमरसँगको भेटवार्तापछि यशराज फिल्म्सले  (वाईआरएफ) २०२६ देखि युनाइटेड किंगडम (युके) मा आफ्ना तीन प्रमुख फिल्महरू छायांकन गर्ने जानकारी दिएको छ । बेलायती प्रधानमन्त्रीले यो कदमले बेलायतमा ३,००० भन्दा बढी रोजगारी सिर्जना गर्ने बताएका छन् ।

 

प्रधानमन्त्री स्टारमरले भने- 'बेलायतमा बलिउड पुनरागमन गर्दैछ। यो साझेदारीले भारत-बेलायत व्यापार सम्झौताको वास्तविक उद्देश्य पूरा गर्दछ ।'

 

स्टामर र प्रधानमन्त्री मोदी आज मुम्बईमा एक कार्यक्रममा भेट हुने छ र 'भिजन २०३०' अन्तर्गत साझेदारीको विकासको बारेमा छलफल गर्नेछन् ।

 

भारत-बेलायत स्वतन्त्र व्यापार सम्झौता यस वर्ष जुलाईमा हस्ताक्षर गरिएको थियो । यस सम्झौताको उद्देश्य २०३० सम्ममा पारस्परिक व्यापारलाई दोब्बर गरी १२० अर्ब डलर पुर्‍याउनु हो ।

 

एफटीएले कपडा, छाला र कृषि उत्पादनहरू जस्ता भारतीय उत्पादनहरूलाई बेलायतमा बेच्न सजिलो बनाउनेछ । अब स्टारमरको भ्रमण दुई देशबीचको व्यावसायिक सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण मानिएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार