सुडानको डार्फरमा भूस्खलन, १,००० भन्दा बढीको मृत्यु

२०८२ भाद्र १७ मङ्गलवार
सारांश
  • साइट्रस उत्पादनका लागि परिचित क्षेत्रको भूस्खलनले गाउँ पूर्ण रूपमा नष्ट भएको र संयुक्त राष्ट्रसङ्घ तथा अन्य सहायता संस्थाहरूलाई मृतक उद्धारमा सहयोग गर्न अपिल गरिएको छ ।

सुडानको पश्चिमी डार्फर क्षेत्रमा भएको ‘ठूलो’ भूस्खलनले सम्पूर्ण पहाडी गाउँलाई समतल बनाएको र कम्तीमा एक हजार मानिसको मृत्यु भएको यस क्षेत्रलाई नियन्त्रण गर्ने विद्रोही समूहले सोमबार ढिलो जानकारी दिएको छ ।

 

सुडान लिबरेसन मुभमेन्ट/आर्मी (एसएलएम) ले आइतबार मार्रा पहाडको तारासिन गाउँमा भारी वर्षापछि यो प्रकोप आएको बताउँदै ‘प्रारम्भिक जानकारीले सबै गाउँवासीको मृत्यु भएको सङ्केत गर्दछ, केवल एक जना बाँचेका छन्’ भनेको छ ।

 

साइट्रस उत्पादनका लागि परिचित क्षेत्रको भूस्खलनले गाउँ पूर्ण रूपमा नष्ट भएको र संयुक्त राष्ट्रसङ्घ तथा अन्य सहायता संस्थाहरूलाई मृतक उद्धारमा सहयोग गर्न अपिल गरिएको छ ।

 

सुडान सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको गृहयुद्धले देशलाई विश्वकै सबैभन्दा खराब मानवीय सङ्कटमा धकेलेको छ । एसएलएम प्रायः लडाइँबाट बाहिर रहन्छ तर डार्फरको केही पर्वत शृङ्खलामा यसको नियन्त्रण छ ।

 

डार्फरका सेना–गठबन्धन गभर्नर मिन्नी मिन्नावीले भूस्खलनलाई ‘क्षेत्रको सीमा नाघेको मानवीय त्रासदी’ भन्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय मानवीय संस्थालाई तत्काल हस्तक्षेप गर्न अपिल गर्दै भन्नुभयो, “यो त्रासदी हाम्रा जनताले एक्लै सहन सक्ने भन्दा ठूलो छ ।”

 

भोक सङ्कट
सन् २०२३ अप्रिलदेखि सुरु भएको सुडान सेना प्रमुख अब्देल फताह अल–बुरहान र आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबीचको शक्ति सङ्घर्षले देशको पूर्वाधार ध्वस्त पारेको छ । यस युद्धमा दशौँ हजारको ज्यान गएको र करिब ४० लाख मानिस विस्थापित भएका छन् ।

डार्फरको भूस्खलन क्षेत्रमा चलिरहेको लडाइँले अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको पहुँच कठिन बनाएको छ, जसले तत्काल मानवीय सहयोग वितरणमा गम्भीर चुनौती खडा गरेको छ ।

 

संयुक्त राष्ट्रसङ्घका अनुसार हाल सुडानभित्र करिब एक करोड मानिस विस्थापित छन् भने थप ४० लाख छिमेकी देशहरूमा पलायन भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार