इन्डोनेसियामा सांसदहरूको तलब र सुविधाको विरोधमा प्रदर्शन
२०८२ भाद्र १२ बिहिवार
- इण्डोनेसियाको राजधानी जकार्तामा संसद भवन अगाडि सयौं प्रदर्शनकारीहरूले सांसदहरूको तलब र सुविधाको विरोधमा प्रदर्शन गरेका छन् ।
एजेन्सी, १२ भाद्र । इण्डोनेसियाको राजधानी जकार्तामा संसद भवन अगाडि सयौं प्रदर्शनकारीहरूले सांसदहरूको तलब र सुविधाको विरोधमा प्रदर्शन गरेका छन् ।
यो हप्ताको दोस्रो ठूलो प्रदर्शन हो, जसले राष्ट्रपति प्रबोवो सुबियान्तोको सरकारविरुद्ध बढ्दो आक्रोश देखाएको छ ।
प्रदर्शनकारीहरूले सांसदहरूलाई दिइने तलब, भत्ता र सुविधा आवश्यकताभन्दा बढी भएको बताएका छन् ।
यो प्रदर्शन श्रमिक संगठनहरूले सुरु गरेका थिए र उनीहरूले न्यूनतम ज्याला बढाउन र कर घटाउन माग गरेका थिए ।
यसपछि विद्यार्थीहरू पनि विरोधमा सामेल भए र राजनीतिज्ञहरूको विलासी जीवनशैलीप्रति आक्रोश व्यक्त गर्न शुरु गरे । प्रदर्शन बढ्न थालेपछि राजधानी जकार्तामा चार हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ ।
प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर भीडलाई तितरबितर पारेको र ३०० भन्दा बढी मानिसहरूलाई पक्राउ गरेको मिडिया रिपोर्टमा बताइएको छ ।
प्रदर्शनकारीहरूले सांसदहरूले आफ्नो भत्ता बढाउन खोजिरहेको बताएका छन्, जबकि मजदुरहरूको ज्याला वृद्धिको मागलाई बेवास्ता गरिएको उनीहरुको आरोप छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’