इजरायलले सबै बन्धकहरू छुटाउन वार्ता सुरु गर्ने घोषणा
२०८२ भाद्र ०६ शुक्रवार
- यसअघि हमासले नेतान्याहुलाई मध्यस्थकर्ताहरूको प्रस्ताव अस्वीकार गर्दै सम्झौतालाई अवरोध पु¥याएको आरोप लगाएको थियो ।
काठमाडौं: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन् । साथसाथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाजा सहरमा इजरायली सेनाको ठूलो कारबाही गर्ने योजना पनि स्वीकृत गरिएको बताएका छन् ।
बिहीबार राति गाजाको लागि जिम्मेवार सैन्य मुख्यालयको भ्रमणका क्रममा नेतान्याहुले भने, ‘हामीले गाजा सहर नियन्त्रणमा लिन र हमासलाई परास्त गर्न इजरायली सेनालाई योजना अघि बढाउन अनुमति दिएका छौं। यससँगै बन्धकहरू छुटाउने काम पनि अघि बढ्नेछ ।’
तर, नेतान्याहुले कतार र इजिप्टको मध्यस्थतामा प्रस्तावित ६० दिने युद्धविराम सम्झौतालाई भने अस्वीकार गरेका छन् । उक्त प्रस्तावमा गाजामा रहेका बाँकी बन्धकमध्ये आधालाई रिहा गरिने उल्लेख गरिएको थियो ।
यसअघि हमासले नेतान्याहुलाई मध्यस्थकर्ताहरूको प्रस्ताव अस्वीकार गर्दै सम्झौतालाई अवरोध पु¥याएको आरोप लगाएको थियो ।
इजरायली अधिकारीहरूका अनुसार गाजामा रहेका ५० बन्धकमध्ये करिब २० मात्र जीवित रहेको विश्वास गरिएको छ । यसबीच, बिहीबार इजरायली सेनाले गाजा सहरका पूर्वी क्षेत्रहरूमा तीव्र बमबारी गरेको जनाइएको छ ।
इजरायली सेनाले गाजा सहरका करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सर्न चेतावनी दिँदै अन्तर्राष्ट्रिय संस्थाहरू तथा स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन भनेको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने यस्तो कदमले बाँकी स्वास्थ्य प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।