के एआईले आईफोनलाई प्रतिस्थापन गर्न सक्छ ?

१९ श्रावण, २०८२, सोमवार
सारांश
  • कुकले एप्पलले एआईमा ठूलो लगानी गरिरहेको बताउदै प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउन एआईमा ठुलो लगानी गरेको बताए ।

एजेन्सी, १९ श्रावण । मेटा प्रमुख मार्क जुकरबर्गले हालै भविष्य एआईद्वारा संचालित स्मार्ट चश्मा हो भनेका थिए । मोबाइल वा ल्यापटपमा एआईमा आधारित ग्याजेट राखेर उनले आगामी दिनहरूमा एआई चल्ने दाबि नै गरे । 

 

अब एप्पलका सीईओ टिम कुकले पनि यसबारे टिप्पणी गरेका छन् । उनलाई पनि यो प्रश्न सोधिएको थियो, के एआईले आगामी समयमा आईफोनलाई प्रतिस्थापन गर्न सक्छ ? टिम कुकले यसको मिश्रित जवाफ दिए । कुकले न त यसलाई पूर्ण रूपमा स्वीकार गरे न त पूर्ण रूपमा अस्वीकार नै गरे ।

 

एप्पलले आर्थिक वर्ष २०२५ को तेस्रो त्रैमासिकमा राम्रो प्रदर्शन गरेको छ । कम्पनीले तेस्रो त्रैमासिकमा ९४ बिलियन डलरको कुल आम्दानी गरेको छ । यस अवसरमा एक अन्तरक्रियामा सहभागी कुकले आईफोनलाई एआईले प्रतिस्थापन गर्ने प्रश्नको बारेमा विवरण दिए । टिम कुकले भने- निकट भविष्यमा, एआईले आईफोनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने देखिन्छ जस्तो लाग्दैन । हामी आज यस्तै महसुस गर्छौं, तर म यो भन्दिन कि एआईले कहिल्यै आईफोनलाई प्रतिस्थापन गर्न सक्षम हुनेछैन ।'

 

कुकले एप्पलले एआईमा ठूलो लगानी गरिरहेको बताउदै प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउन एआईमा ठुलो लगानी गरेको बताए । एप्पलका केही सुविधाहरू जस्तै सिरी, अन डिभाइस इन्टेलिजेन्स र एआई-संचालित फोटोग्राफीको उदाहरण दिँदै कुकले एप्पल प्रयोगकर्ताहरूको गोपनीयतामा सम्झौता नगरी एआईसँग अगाडि बढिरहेको बताए । एप्पलको उद्देश्य एआईलाई प्रयोगकर्ताहरूलाई व्यक्तिगत र सुरक्षित अनुभव दिनु रहेको उनले बताए ।

 

आईफोनको महत्त्वलाई जोड दिँदै कुकले आईफोन केवल मोबाइल मात्र होइन, यो क्यामेरा, कम्प्युटर, वालेट, स्वास्थ्य मनिटर र धेरै कुराहरू भएको बताए । उनले भने- 'यो उपकरण तपाईंसँग २४ घण्टा रहन्छ । आईफोन एआईसँगै समाप्त हुनेछैन, तर अझ शक्तिशाली बन्नेछ । आईफोन एआई उपकरणहरू प्रयोग गर्ने अनुभव केन्द्र बन्नेछ । एआई आईफोनको लागि राम्रो साथी साबित हुनेछ ।

 

एप्पलले २००७ मा आईफोन लन्च भएदेखि लगभग ३ अर्ब आईफोन बेचेको छ। सो अवसरमा कुकले भारत, मध्य पूर्व, दक्षिण एसिया र ब्राजिल जस्ता उदीयमान बजारहरूमा दोहोरो अंकको वृद्धि देखिएको पनि बताए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार