- अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलमा फिजी, फिनल्याण्ड, गुयाना, मलेसिया, मौरिसस, सिङ्गापुर, दक्षिण अफ्रिका, श्रीलङ्का, ट्रिनिडाड एण्ड टोबागो र संयुक्त अरब इमिरेट्स (युएई) का प्रतिनिधि सहभागी छन् ।
भारत उत्तरप्रदेशमा १४४ वर्षपछिको भव्य महाकुंभले अहिले विश्वव्यापी ध्यान आकर्षित गरिरहेको छ । यसै अन्तर्गत बिहीबार विभिन्न १० देशका प्रतिनिधि सम्मिलित २१ सदस्यीय प्रतिनिधिमण्डलले प्रयागराजको सङ्गमको भ्रमण गरेका छन्।
गुयानाका दिनेश पर्साउदले एएनआईसँग कुरा गर्दै गङ्गा नदीमा पवित्र स्नान गरेपछि आफ्नो खुशी र सन्तुष्टि व्यक्त गरे । “मेरो सपना साकार भएको छ । म सधैं यहाँ आएर गङ्गा नदीमा पवित्र स्नान गर्न चाहन्थें । मैले त्यो इच्छा पूरा गरेको छु ।”
पर्साउदले अरूलाई कार्यक्रममा भाग लिन प्रोत्साहित गरे । “म यहाँ आउनेहरूलाई पवित्र गङ्गा नदीमा स्नान गर्न प्रोत्साहित गर्दछु,” उनले थपे ।
संयुक्त अरब इमिरेट्सका साली अल अजब विश्वको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम कुम्भ मेलाको अनुभव लिन प्रयागराज गएका धेरै अन्तर्राष्ट्रिय तीर्थयात्रीहरूमध्ये एक हुन् ।
अल अजबले कार्यक्रमको आयोजनाको प्रशंसा गर्दै भने,“म मध्य पूर्वबाट भारत आएको छु । यो संसारको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम हो । यहाँ सबै कुरा राम्रोसँग आयोजना गरिएको छ । सुरक्षाका लागि प्रहरी तैनाथ छ । सरकारले राम्रो व्यवस्था गरेको छ ।”
भारत सरकारको विदेश मन्त्रालयको विदेश प्रचार तथा सार्वजनिक कूटनीति महाशाखाले निमन्त्रणा गरेको प्रतिनिधिमण्डल बुधबार भारत आइपुगेको हो ।
उत्तर प्रदेश राज्य पर्यटन विकास निगमले विकसित गरेको अरैलको टेन्ट सिटीमा प्रतिनिधिमण्डलको बसाइको व्यवस्था गरिएको छ ।
अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलमा फिजी, फिनल्याण्ड, गुयाना, मलेसिया, मौरिसस, सिङ्गापुर, दक्षिण अफ्रिका, श्रीलङ्का, ट्रिनिडाड एण्ड टोबागो र संयुक्त अरब इमिरेट्स (युएई) का प्रतिनिधि सहभागी छन् ।
पैँतालिस दिनसम्म चल्ने महाकुम्भको चौथो दिन बिहीबार बिहान यहाँको त्रिवेणी सङ्गममा हजारौं भक्तजनले पवित्र स्नान गरेका छन् ।
विश्वको सबैभन्दा ठूलो धार्मिक मण्डलीमा छ करोडभन्दा बढी भक्तजन सहभागी भएका छन् । यसैबीच, तीर्थयात्रीहरूको ठूलो भीडलाई ध्यानमा राख्दै प्रयागराज प्रशासनले एआई–आधारित कम्प्युटराइज्ड खोज केन्द्र स्थापना गरेको छ ।
जनवरी १३ गतेबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ गतेसम्म चल्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।