हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्णायक चरणमा

१७ असोज, २०८३, शनिवार
सारांश
  • हेटौंडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने अपेक्षा गरिएको छ।

काठमाडौं: करिब १२ वर्षदेखि विभिन्न प्रक्रियागत समस्याका कारण अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजना निर्माणको निर्णायक चरणमा पुगेको छ ।

 

मुआब्जा, जग्गा तथा अन्य प्रक्रियागत विषयका कारण लामो समयदेखि रोकिएको आयोजनालाई गति दिन निरन्तर पहल र सरोकारवालासँगको समन्वयपछि कामले गति लिन थालेको हो ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार हेटौंडा क्षेत्रमा निर्माण गर्न बाँकी १४ वटा टावरको काम अहिले अन्तिम चरणमा पुगेको छ । स्थानीयवासी, जनप्रतिनिधि, जिल्ला प्रशासन, सरोकारवाला तथा नेपाल विद्युत् प्राधिकरणको सक्रियताले आयोजनाले ठोस गति लिन थालेको उनले बताएका छन् ।

 

हेटौंडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने अपेक्षा गरिएको छ। यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न सहयोग पुग्नेछ ।

 

त्यस्तै, आयोजना सम्पन्न भएपछि अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्न तथा वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिनसमेत महत्वपूर्ण योगदान पुग्ने बताइएको छ। यसबाट राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना थप विस्तार हुने अपेक्षा छ ।

 

मन्त्री श्रेष्ठले बाँकी काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन्। साथै, नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित शाखा तथा निकायलाई आवश्यक सहजीकरण र समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

 

आयोजना निर्माणलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रभावित नागरिक, नेपाल विद्युत् प्राधिकरणका व्यवस्थापन, प्राविधिक तथा कर्मचारी, निर्माण कम्पनी र सम्बन्धित सरकारी निकायलाई मन्त्री श्रेष्ठले धन्यवाद दिएका छन् ।

 

उनले अब ढिलाइभन्दा गति, समन्वय र परिणाम आवश्यक रहेको भन्दै हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनलाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार