- रूसको दक्षिणपश्चिम साइबेरियामा मंगलबार सैन्य मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।
एजेन्सी, ०२ मङ्सिर । रूसको दक्षिणपश्चिम साइबेरियामा मंगलबार सैन्य मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।
रुसी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान उडिरहेको अवस्थामा आगलागी भएपछि सिधै जमिनमा खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रारम्भिक विवरणमा विमानको उपकरणमा खराबी आएको आशंका गरिएको छ ।
केमेरोभो क्षेत्रका गभर्नर इल्या सेरेद्युकेले यागुनोभो गाउँ नजिक विमान दुर्घटना भएको पुष्टि गरेका छन् । दुर्घटनाग्रस्त विमान एएन–१२ सैन्य मालवाहक विमान रहेको बताइएको छ ।
एएन–१२ चार इन्जिनयुक्त मालवाहक विमान हो । यसको प्रयोग सैनिक, हतियार, गोलाबारुद तथा अन्य आवश्यक सामग्री ढुवानीका लागि गरिँदै आएको छ । सोभियतकालमा निर्माण गरिएको यो विमान अहिले पनि रूससहित विभिन्न देशमा प्रयोग हुँदै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।