सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्षको शुभारम्भ

२८ श्रावण, २०८३, बिहिवार
सारांश
  • सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्षको आज शुभारम्भ गरेकी छन् ।

 

सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको उक्त बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्री–वितरणका लागि राखिएको छ ।

 

बजारमा खाद्यवस्तुको मूल्यमा हुने अस्वाभाविक वृद्धि र उपभोक्तामाथिको आर्थिक भार कम गर्ने उद्देश्यसहित बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो । सरकारी स्वामित्वको कम्पनीमार्फत नै उपभोक्तालाई सहज र तुलनात्मक रूपमा सुलभ मूल्यमा आवश्यक खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको बताइएको छ ।

 

सिंहदरबारको केन्द्रमै यस्तो बिक्री कक्ष सञ्चालनमा आएपछि मन्त्रालयमा आउने कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत सहज रूपमा आवश्यक खाद्य सामग्री खरिद गर्न सक्ने अपेक्षा गरिएको छ ।

 

सरकारी निकायले सञ्चालन गरेको यो बिक्री केन्द्रले बजारमा मूल्य नियन्त्रण र उपभोक्तालाई राहत दिने सरकारी प्रयासलाई समेत थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार