बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा, प्रभु बैंक सबैभन्दा प्रभावित
२२ कार्तिक, २०८३
- वाणिज्य बैंकहरूमा खराब कर्जाको समस्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको औसत खराब कर्जा अनुपात ५.६४ प्रतिशत पुगेको छ ।
काठमाडौं : वाणिज्य बैंकहरूमा खराब कर्जाको समस्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको औसत खराब कर्जा अनुपात ५.६४ प्रतिशत पुगेको छ ।
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ वटा वाणिज्य बैंकको खराब कर्जा अनुपात बढेको छ भने ७ वटा बैंकको घटेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म सबैभन्दा बढी खराब कर्जा अनुपात प्रभु बैंकको देखिएको छ । बैंकको खराब कर्जा अनुपात १४.८० प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो अनुपात ५.७८ प्रतिशत मात्रै थियो ।
त्यस्तै, एनआईसी एसिया बैंकको खराब कर्जा पनि उल्लेख्य रूपमा बढेको छ । गत वर्ष ६.९९ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात यस वर्ष बढेर ९.८१ प्रतिशत पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा अनुपात ८.८७ प्रतिशत पुगेको छ भने कुमारी बैंकको ८.७२ प्रतिशत र हिमालयन बैंकको ७.९८ प्रतिशत रहेको छ ।
यसैगरी, प्राइम कमर्सियल बैंकको खराब कर्जा अनुपात ७.१५ प्रतिशत, सिटिजन्स बैंकको ६.८० प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.५८ प्रतिशत पुगेको छ ।
बैंकहरूको खराब कर्जा अनुपातमा देखिएको वृद्धिले कर्जा असुली तथा बैंकिङ क्षेत्रको वित्तीय जोखिम व्यवस्थापनमा चुनौती थपिएको देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा, प्रभु बैंक सबैभन्दा प्रभावित
-
लक्ष्मीपूजाको साँझ विद्युत् मागले नयाँ रेकर्ड बनाउने अपेक्षा
-
सार्वजनिक खरिदमा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक तोकियो, सामाजिक सुरक्षा र बीमा अनिवार्य
-
थापाथलीमा तिहार विशेष रैथाने मेला सुरु
-
महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइँदै
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।