लक्ष्मीपूजाको साँझ विद्युत् मागले नयाँ रेकर्ड बनाउने अपेक्षा
२२ कार्तिक, २०८३
- यस वर्षको तिहारमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत् खपत बढेर उक्त परिमाणमा पुग्ने प्रक्षेपण गरेको हो ।
काठमाडौं : यस वर्षको तिहारमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत् खपत बढेर उक्त परिमाणमा पुग्ने प्रक्षेपण गरेको हो ।
गत वर्षको तुलनामा यस वर्ष विद्युत्को माग बढ्ने देखिएको छ । तिहारमा घर, कार्यालय तथा सार्वजनिक स्थानमा झिलिमिली बत्ती र विभिन्न विद्युतीय सामग्रीको प्रयोग बढ्ने भएकाले लक्ष्मीपूजाको साँझ विद्युत् खपत उच्च हुने गर्छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार यस वर्षको अनुमानित माग पूरा गर्न आन्तरिक विद्युत् उत्पादन नै पर्याप्त हुनेछ । उनका अनुसार लक्ष्मीपूजाको साँझ विद्युत् उत्पादन करिब २ हजार ५ सय मेगावाट पुग्ने अनुमान छ । मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या नआउने उनले बताएका छन् ।
पछिल्ला चार वर्षको तथ्यांक हेर्दा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग निरन्तर बढ्दै गएको देखिन्छ । २०७९ सालमा १ हजार ३०५ मेगावाट रहेको माग २०८० सालमा बढेर १ हजार ४३८ मेगावाट पुगेको थियो । त्यस्तै, २०८१ सालमा १ हजार ६०२ मेगावाट र २०८२ सालमा १ हजार ६५० मेगावाट पुगेको थियो ।
यस वर्ष प्राधिकरणले गरेको प्रक्षेपणअनुसार माग १ हजार ७०० मेगावाट पुग्नेछ । चार वर्षको अवधिमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब ४ सय मेगावाटले वृद्धि हुने देखिएको छ ।
तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई नियमित र व्यवस्थित बनाउने तयारी गरेको छ । पर्व अवधिभर प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिने प्राधिकरणले जनाएको छ ।
विद्युत् आपूर्तिमा अवरोध हुन नदिन कार्यकारी निर्देशक श्रेष्ठले सम्बन्धित कार्यालय प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका छन् । साथै, नो लाइट सेवामा प्राप्त हुने गुनासो तत्काल सम्बोधन गर्न र सम्भावित समस्या समाधानका लागि प्राविधिक टोली तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।