धितोपत्र बोर्डका अध्यक्ष डा. भट्ट लिए शपथ

२०८३ अषाढ़ १५ सोमवार
सारांश
  • अर्थमन्त्री डा. वाग्लेले सरकारले सबैखाले सहयोग गर्ने बताउदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउन अध्यक्ष भट्टलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

काठमाडौं: नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्टले  पद तथा गोपनीयताको शपथ गरेका छन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अध्यक्ष भट्टलाई सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन् ।

 

शपथपछि अर्थमन्त्री डा. वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न निर्देशन दिदै पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्न निर्देशन दिएका थिए ।

 

अर्थमन्त्री डा. वाग्लेले सरकारले सबैखाले सहयोग गर्ने बताउदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउन अध्यक्ष भट्टलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

 

पुँजी बजार सुधारका काम गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना पेस गर्न निर्देशन दिदै अर्थमन्त्री डा. वाग्लेले बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गर्ने परिपाटी रोक्न आग्रह गरेका थिए ।

 

भट्टलाई असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार