भारतका हास्य कलाकार समय रैनालाई सर्वोच्च अदालतले गर्यो १० लाख जरिवाना
३० आषाढ़, २०८३, मगलवार
- सुनुवाइका क्रममा सर्वोच्च अदालतले रैनाले यसअघि दिइएका निर्देशन पालना गर्न असफल भएको जनाएको छ । अदालतले इजलाससमक्ष प्रतिबद्धता जनाए पनि त्यसपछिको व्यवहार ती प्रतिबद्धताअनुसार नभएको उल्लेख गरेको छ ।
काठमाडौँ: भारतका हास्य कलाकार समय रैनालाई भारतको सर्वोच्च अदालतले कडा चेतावनी दिदै जरीवाना गरेको छ ।
मंगलबार भएको सुनुवाइका क्रममा अदालतले अघिल्लो आदेश पालना नगरेको भन्दै दुवैलाई चेतावनी दिदै समय रैनामाथि १० लाख भारतीय रुपैयाँ जरिवाना समेत लगाएको छ । अदालतले उक्त रकम तोकिएको समयमा जम्मा नगरे कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
सुनुवाइका क्रममा अदालतले उनीहरू आफूलाई ‘युवा आदर्श’ का रूपमा प्रस्तुत गर्ने गरेको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाएको थियो । अदालतले भनेको छ- 'उनीहरू कस्तो किसिमका युवा आदर्श हुन् भन्ने बुझ्न गाह्रो छ । यस विषयमा सोच्दा नै चिन्ता लाग्छ ।'
अदालतले हास्य कलाकार समय रैनाले अदालतलाई भ्रममा पारेको र आदेशको खुला रूपमा उल्लङ्घन गरेको देखिएको टिप्पणी गरेको छ ।
सुनुवाइका क्रममा सर्वोच्च अदालतले रैनाले यसअघि दिइएका निर्देशन पालना गर्न असफल भएको जनाएको छ । अदालतले इजलाससमक्ष प्रतिबद्धता जनाए पनि त्यसपछिको व्यवहार ती प्रतिबद्धताअनुसार नभएको उल्लेख गरेको छ ।
यस अघि एक कार्यक्रममा दिएको अभिव्यक्तिपछि रैनाले युट्युबबाट आफ्ना 'द लेटेन्ट' शो को पहिलो सिजनका सबै सामग्री हटाएका थिए । अहिले भने उनले यस शोको दोस्रो सिजन प्रशारण गरिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।