घरेलु बक्सअफिसमा ‘रामायण’ लाई झट्का, दोस्रो दिनमै घट्यो कमाई
२१ कार्तिक, २०८३
- फिल्मले हाल प्रदर्शनरत रजनीकान्तको ‘जेलर २’ र आयुष्मान खुराना तथा सारा अली खान अभिनीत ‘उड्ता तीर’सँग बक्स अफिसमा प्रतिस्पर्धा गरिरहेको छ । ‘जेलर २’ ले विश्वभर ८०० करोड भारुभन्दा बढी कमाइसकेको समाचारमा उल्लेख छ ।
काठमाण्डौ, २१ कार्त्तिक । रणवीर कपुर अभिनीत बलिवुड फिल्म ‘रामायण’ ले प्रदर्शनको दोस्रो दिन कमाइमा गिरावट बेहोरेको छ । नोभेम्बर ५ मा प्रदर्शनमा आएको फिल्मले पहिलो दिन ६४ करोड ८५ लाख भारु कमाएकोमा दोस्रो दिन ४८ करोड ५ लाख भारु कमाएको छ ।
दोस्रो दिनको कमाइसँगै भारतमा फिल्मको कुल खुद आम्दानी ११२ करोड ९० लाख भारु पुगेको छ । त्यस्तै, फिल्मले भारत बाहिर दुई दिनमा ८६ करोड २५ लाख कमाउदै विश्वभर २२१ करोड ५ लाख भारु कमाएको छ ।
मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुँदैछ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । फिल्मले दिपावलीको फाइदा उठाएर कमाई नबढेमा फिल्म बक्स अफिसमा फ्लप हुनसक्ने अड्कलबाजी शुरु भएको छ । पहिलो भागका लागि नै २ हजार करोड भन्दा बढी खर्च भएको भनिएको यो फिल्म फ्लप भएमा दोस्रो भाग बन्ने विषय अनिश्चित हुने समेत बताइएको छ ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सनी देओल, रवि दुबे, अनुपम खेरलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मले हाल प्रदर्शनरत रजनीकान्तको ‘जेलर २’ र आयुष्मान खुराना तथा सारा अली खान अभिनीत ‘उड्ता तीर’सँग बक्स अफिसमा प्रतिस्पर्धा गरिरहेको छ । ‘जेलर २’ ले विश्वभर ८०० करोड भारुभन्दा बढी कमाइसकेको समाचारमा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।