- चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर ६ गते आइतबारसम्मको चलचित्र कबड्डी ५ : फाइनल, पेन्सन पट्टा, बाटुलो जून, आ बाट आमा २, बा: एक योद्धा र पाँच पाण्डवको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।
काठमाण्डौ, ०७ मङ्सिर । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर ६ गते आइतबारसम्मको चलचित्र कबड्डी ५ : फाइनल, पेन्सन पट्टा, बाटुलो जून, आ बाट आमा २, बा: एक योद्धा र पाँच पाण्डवको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।
जसअनुसार कार्तिक ६ गतेबाट प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल’ ले ४ लाख २४ हजार ८९२ टिकट बिक्रीबाट १३ करोड २६ हजार आम्दानी गरेको छ । त्यस्तै भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले ३ लाख ६४ हजार ८०८ टिकट बिक्री गर्दै १० करोड ३६ लाख ८३ हजार आम्दानी गरेको विवरणमा उल्लेख छ ।
त्यस्तै कार्तिक २६ गतेबाट प्रदर्शनमा आएको अनमोल केसीको चलचित्र बाटुलो जूनले २ लाख ६९ हजार ५४४ टिकट बिक्री गर्दै ८ करोड ३५ लाख ३७ हजार कमाई गरेको छ ।
त्यसैगरी असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र 'आ बाट आमा २’ ले २ लाख ४३ हजार ८३६ टिकट बिक्रीबाट ७ करोड १८ हजार आम्दानी गरेको छ ।
त्यस्तै कार्तिक २० गतेबाट प्रदर्शनमा आएको चलचित्र पाँच पाण्डवले १२ हजार ८९० टिकट बिक्रीबाट ४५ लाख १२ हजार आम्दानी गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता
-
अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर
-
भारतको १८४ अर्ब ऋण आवश्यकता र आयोजनाको प्रगतिअनुसार खर्च गर्छौं : अर्थमन्त्री
-
हिजाब नलगाई परफरमेन्स गरेकी इरानी गायिका अहमदीलाई ७४ कोर्रा हानियो
-
शेरबहादुर देउवाद्वारा स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।