बलिवुड फिल्म ‘रामायण’ ले आठ दिनमा विश्वभरबाट कमायो एक हजार करोड
२७ कार्तिक, २०८३
- : बलिवुड फिल्म ‘रामायण’ ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।
काठमाडौं : बलिवुड फिल्म ‘रामायण’ ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।
नितेश तिवारीको निर्देशनमा बनेको रणवीर कपुर र यश अभिनीत फिल्मले भारतीय बक्स अफिसमा पनि उल्लेखनीय व्यापार गरेको छ ।
फिल्मले प्रदर्शनको आठ दिनमा विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारतीय रुपैयाँ कमाएको छ । भारतमा यसको कुल कमाइ ६७५ करोड ५ लाख भारतीय रुपैयाँ पुगेको छ भने भारतबाहिरबाट ३५८ करोड ५० लाख भारतीय रुपैयाँ संकलन गरेको छ ।
फिल्मले नोभेम्बर ५ मा प्रदर्शन सुरु गरेको थियो । पहिलो दिन भारतमा ६४ करोड ८५ लाख रुपैयाँ खुद कमाइ गरेको फिल्मले पाँचौँ दिन सबैभन्दा बढी १०७ करोड ५० लाख रुपैयाँ कमाएको थियो । आठौँ दिन भने यसको दैनिक कमाइ २४.३ प्रतिशतले घटेर ५३ करोड ५० लाख रुपैयाँमा झरेको छ ।
भारतमा भएको कुल खुद कमाइमध्ये हिन्दी संस्करणको हिस्सा सबैभन्दा बढी छ । हिन्दी भाषामा मात्रै ४३७ करोड रुपैयाँ कमाइ भएको छ । त्यस्तै, कन्नडमा ४८ करोड ९५ लाख, तेलुगुमा ३८ करोड ५ लाख, तमिलमा २२ करोड १५ लाख र मलयालममा १८ करोड ४५ लाख रुपैयाँ संकलन भएको छ ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सन्नी देओल, रवि दुबे र लारा दत्तालगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा रणवीरले भगवान् राम र यशले रावणको भूमिका निर्वाह गरेका छन्।
यससँगै ‘रामायण’ आठ दिनमै विश्वभर एक हजार करोड रुपैयाँ कमाउने भारतीय फिल्ममध्ये एक बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।