संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण
२०८३ वैशाख २४ विहिवार
- केहि साता अघि रिलिज भएको फिल्म केडी द डेभिलको 'सरके चुनर' गीतको विवादका कारण दुवैलाई महिला आयोगले स्पष्टीकरण लिएको हो ।
काठमाण्डौ, २४ वैशाख । बलिवुड अभिनेता संजय दत्त र अभिनेत्री नोरा फतेहीलाई भारतको महिला आयोगले स्पष्टीकरण सोधेको छ ।
केहि साता अघि रिलिज भएको फिल्म केडी द डेभिलको 'सरके चुनर' गीतको विवादका कारण दुवैलाई महिला आयोगले स्पष्टीकरण लिएको हो ।
संजय दत्तपछि विवादित गीतका विषयमा स्पष्टीकरण दिन नोरा फतेही राष्ट्रिय महिला आयोगसमक्ष उपस्थित भएकी छन् । चलचित्र केडी: द डेभिल को गीत 'सरके चुनर' सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो । त्यसपछि राष्ट्रिय महिला आयोगले नोरा फतेहीलाई उपस्थित हुन निर्देशन दिएको थियो ।
आयोगसमक्ष आफ्नो भनाइ राख्दै नोरा फतेहीले आफू कसैको भावनामा चोट पुर्याउने उद्देश्यमा नरहेको बताएकी छन् । उनले कलाकारको हैसियतले आफ्नो जिम्मेवारी स्वीकार गर्दै माफी मागेकी छन् । उनले समाजबाट पाएको माया फर्काउनु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै केही अनाथ बालिकाको शिक्षाको खर्च व्यहोर्ने निर्णय गरिएको जानकारी पनि दिएकी छन् ।
यसअघि राष्ट्रिय महिला आयोगले सञ्जय दत्तलाई पनि उपस्थित हुन निर्देशन दिएको थियो । अप्रिल २७ मा भएको उपस्थितिका क्रममा उनले गीतलाई लिएर माफी मागेका थिए । साथै सामाजिक कल्याण र महिला सशक्तीकरणका लागि ५० जना आदिवासी बालिकाको शिक्षाको खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि आयोगले उनलाई राहत दिएको थियो ।
गीत सार्वजनिक भएलगत्तै यसको आलोचना सुरु भएको थियो । त्यसपछि सूचना तथा प्रसारण मन्त्रालय ले उक्त गीतमाथि प्रतिबन्ध लगाएको थियो । गीतमा देखाइएको भल्गर सिन, विवादित शब्दको चौतर्फी विरोध र भारतका विभिन्न स्थानमा एफआइआर हुन थालेपछि गीतलाई हटाइएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रमेश प्रसाईको प्रश्न- ग्यासको लाइन देखेर लाज लाग्यो, प्रधानमन्त्री र मन्त्रीक्वाटरमा अभाव छ की छैन ?
-
कांग्रेस विवादको पुनरावलोकन, देउवा समूह उत्साहित
-
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा आज हुँदै
-
गुणस्तर परिषद्को बैठक: विभिन्न गुणस्तर मापदण्ड स्वीकृत
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।