अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
१० कार्तिक, २०८३
- भारतीय अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डाको टोलीले सामाजिक सञ्जालमा फैलिएका भ्रामक दाबी, नक्कली सामग्री र अनलाइन दुर्व्यवहारबारे हैदराबादको साइबर अपराध निकायमा उजुरी दिएको छ।
काठमाडौं : भारतीय अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डाको टोलीले सामाजिक सञ्जालमा फैलिएका भ्रामक दाबी, नक्कली सामग्री र अनलाइन दुर्व्यवहारबारे हैदराबादको साइबर अपराध निकायमा उजुरी दिएको छ।
‘कफी विथ करण’को नवौँ सिजनमा दुवै कलाकार सहभागी भएपछि उनीहरूबारे विभिन्न सामग्री सार्वजनिक भएका थिए ।
दुवै कलाकारका व्यवस्थापक पी. निशान्त कुमारले सम्बन्धित सामग्रीका लिङ्क र प्रमाणसहित उजुरी बुझाएका हुन् । टोलीले झुटा भनाइ, फेरबदल गरिएका तस्बिर तथा भिडियो, नक्कली परिचय र सम्बन्धविच्छेदसम्बन्धी अपुष्ट दाबीको निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ ।
कार्यक्रममा दुवैले आफ्नो सम्बन्ध र विवाहको यात्राबारे कुरा गरेपछि सामाजिक सञ्जालमा उनीहरूको अभिव्यक्ति र व्यवहारबारे बहस सुरु भएको थियो । त्यसपछि रश्मिका र विजयले पनि आफ्नो सम्बन्धबारे उठेका टिप्पणीको जवाफ दिएका थिए ।
टोलीले वास्तविक आलोचना र अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाउने उद्देश्य नरहेको स्पष्ट पारेको छ । कानुनविपरीत हुन सक्ने सामग्रीको सत्यता र स्रोत जाँच गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।