६१औँ जन्मदिन मनाउँदै बलिउड अभिनेता शाहरुख खान

१६ कार्तिक, २०८३
सारांश
  • बलिउड अभिनेता शाहरुख खान आज आफ्नो ६१औँ जन्मदिन मनाउँदै छन् । जन्मदिनको अवसरमा उनलाई शुभकामना दिन मुम्बईस्थित उनको निवास ‘मन्नत’ बाहिर ठूलो संख्यामा प्रशंसक भेला भएका छन् ।

काठमाडौँ : बलिउड अभिनेता शाहरुख खान आज आफ्नो ६१औँ जन्मदिन मनाउँदै छन् । जन्मदिनको अवसरमा उनलाई शुभकामना दिन मुम्बईस्थित उनको निवास ‘मन्नत’ बाहिर ठूलो संख्यामा प्रशंसक भेला भएका छन् ।

 

हरेक वर्ष शाहरुखको जन्मदिनमा उनलाई प्रत्यक्ष देख्न र शुभकामना दिन प्रशंसकहरू मन्नतबाहिर पुग्ने गरेका छन् । यस वर्ष पनि बिहानैदेखि उनको घरबाहिर प्रशंसकको भीड लागेको छ । प्रशंसकको ठूलो उपस्थिति भएपछि उनको निवास आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

नोभेम्बर २ शाहरुखका प्रशंसकका लागि विशेष दिन मानिन्छ । भारतका विभिन्न स्थानका साथै विदेशमा रहेका उनका प्रशंसकले समेत सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् ।

 

सन् १९६५ नोभेम्बर २ मा जन्मिएका शाहरुखले भारतीय चलचित्र क्षेत्रमा तीन दशकभन्दा लामो समय बिताइसकेका छन् । रोमान्टिक चलचित्र ‘दिलवाले दुल्हनिया ले जायेंगे’ देखि ‘पठान’ र ‘जवान’ जस्ता चलचित्रसम्म अभिनय गर्दै उनले विभिन्न पुस्ताका दर्शकमाझ बलिवुडका 'किङ' को पहिचान बनाएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार