बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत
१ फाल्गुन, २०८२, शुक्रवार
- सर्वोच्च अदालतले उजुरीकर्ता अजय मुर्डिया र राजस्थान सरकारलाई आगामी १९ फेब्रुअरीको सुनुवाइमा उपस्थित हुन नोटिस पनि पठाएको छ ।
काठमाडौँ: बलिवुडका चर्चित निर्माता निर्देशक विक्रम भट्ट दम्पत्तिलाई सर्वोच्च अदालतले राहत दिएको छ ।
निर्माता विक्रम भट्ट र उनकी पत्नी श्वेतांबरी भट्टलाई सर्वोच्चले जमानत दिएको हो । दुवैजना गत ७ डिसेम्बरदेखि जेलमा बन्द थिए । उनीहरूमाथि एक व्यवसायीसँग ठूलो नाफा हुने आश्वासन दिँदै करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ । मुख्य न्यायाधीश सूर्य कांत र न्यायाधीश जॉयमाल्या बागची को संयुक्त इजलासले उदयपुर जेलबाट तत्काल रिहा गर्न आदेश दिएको हो। साथै, सम्बन्धित प्रमुख न्यायिक मजिस्ट्रेटलाई आवश्यक नियम र सर्त उल्लेख गर्दै जमानत आदेश जारी गर्न निर्देशन दिइएको छ ।
सर्वोच्च अदालतले उजुरीकर्ता अजय मुर्डिया र राजस्थान सरकारलाई आगामी १९ फेब्रुअरीको सुनुवाइमा उपस्थित हुन नोटिस पनि पठाएको छ ।
यसअघि ३१ जनवरीमा राजस्थान उच्च न्यायालय ले दम्पतीको जमानत निवेदन खारेज गरेको थियो । उजुरीपछि ७ डिसेम्बरमा उनीहरूलाई मुम्बईबाट पक्राउ गरी उदयपुर लगिएको थियो ।
व्यवसायी मुर्डियाले दायर गरेको मुद्दामा भट्ट दम्पतीले फिल्म निर्माणमा लगानी गराए ठूलो मुनाफा दिलाउने आश्वासन दिई करिब ३० करोड भारतीय रुपैयाँ लिएको तर सो रकम दुरुपयोग गरेको आरोप छ । साथै, विभिन्न नाममा नक्कली बिल बनाएर थप रकम असुल गरेको र फिल्मका नाममा लिइएको पैसा व्यक्तिगत खातामा जम्मा गरिएको दाबी गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’