चलचित्र ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक

२०८२ कार्त्तिक १२ बुधवार
सारांश
  • सार्वजनिक ट्रेलरमा दर्जीले जीवनमा गरेको संघर्ष र सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ ।

काठमाडौं : बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक भएको छ ।

 

सार्वजनिक ट्रेलरमा दर्जीले जीवनमा गरेको संघर्ष र सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ ।

 

साथै, ट्रेलरमा काठमाडौंमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रको संघर्ष, सपना र पैसाका लागि विदेशिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।

 

चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । यो फिल्ममा उनकै कथा र संगीत निर्देशन समेत रहेको छ ।

 

फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् । ‘मनबिनाको धन’ फिल्म कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

 

ट्रेलर सार्वजनिकपछि टङ्क बुढाथोकीले आर्थिक रुपमा इतिहास रच्ने कुरा अर्को ठाँउमा भएको भन्दै सामाजिक रुपमा इतिहास रच्ने केही कुराहरु यो फिल्म रहेको बताए । 

 

उनले भने, ‘यो फिल्मलाई आर्थिक रुपले भन्दा पनि सामाजिक रुपमा हामीले यो फिल्मबाट दिन खोजेको सन्देश सबै बुझ्नु भयो भने सफल भएको मान्ने छौ । आर्थिक रुपमा इतिहास रच्ने कुरा अर्को ठाँउमा छ, हामीले त्यो चाहेको पनि छैन् । तर सामाजिक रुपमा इतिहास रच्ने केही कुराहरु यो फिल्म छ ।’

 

साथै, यो फिल्मको माध्यमबाट देशभरको विद्यालयमा एउटा कोष खडा गर्ने तयारी गरेको पनि उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार