धर्मेन्द्रले ल्याए एकसाथ चार कृति

१८ जेठ, २०८२, आइतवार
सारांश
  • साहित्यकार डा. विष्णुविभु घिमिरे, प्रा.डा. कुमार कोइराला र विमला तुम्खेवाले लेखकलाई शुभकामना दिएका थिए ।

काठमाडौं: लेखक धर्मेन्द्र नेम्बाङले एकसाथ चार कृति बजारमा ल्याएका छन् । जसमा ‘कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो’, ‘पितापुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण र देश बनाउने विधि’ र ‘बीपी विचारधारा र हरियो समाजवाद’ छन् । 


कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेसहित नेताहरू मधु आचार्य, गुरुराज घिमिरे, रमेश लिङ्देन, शंकर तिवारीलगायतले उक्त कृति शनिबार काठमाडौंमा विमोचन गरेका हुन् । आचार्य, घिमिरे, लिङ्देन र तिवारीले ती कृतिको समीक्षा गरेका थिए । साहित्यकार डा. विष्णुविभु घिमिरे, प्रा.डा. कुमार कोइराला र विमला तुम्खेवाले लेखकलाई शुभकामना दिएका थिए । 


कृतिकार नेम्बाङले आफ्ना किताबको विमोचन गर्न उपन्यास ‘रातो बाघ’देखि नै छाडे पनि यसपटक सन्जोग परेको बताए । ‘मैले यो चाहेर भएको होइन । चारवटा कृतिको विमोचन एक सन्जोग मात्र हो’, उनले भने । यीमध्ये दुइटा (देश बनाउने विधि र हरियो समाजवाद) आफ्नो लेखन र बाँकी (क्रान्तिको बाटो र पितापुर्खाको कथा) सम्पादन रहेको उनको भनाइ थियो ।   

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार