स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं

१४ भाद्र, २०८३, आइतवार
सारांश
  • कम्पनीले आवश्यक अनुमति प्राप्त हुनेबित्तिकै स्टारलिङ्क उपकरण उपलब्ध गराउने र निःशुल्क सेवा सञ्चालन गर्न तयार रहेको जनाएको हो ।

काठमाडौँ: नेपाल र तिब्बत सीमा क्षेत्रमा यस साता आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै एलन मस्कको कम्पनि स्टारलिङ्कले नेपाल सरकार र मानवीय सहायता साझेदारलाई सहयोग गर्न तयार रहेको जनाएको छ ।

 

कम्पनीले आवश्यक अनुमति प्राप्त हुनेबित्तिकै स्टारलिङ्क उपकरण उपलब्ध गराउने र निःशुल्क सेवा सञ्चालन गर्न तयार रहेको जनाएको हो ।

 

स्टारलिङ्कले सडक, पुल तथा मोबाइल सञ्चार सञ्जाल अवरुद्ध भएको अवस्थामा आफ्नो सेवा उद्धार तथा राहत कार्यका लागि महत्वपूर्ण हुने उल्लेख गरेको छ । कम्पनीले खोज तथा उद्धार टोली, घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा आफन्तको खोजीमा रहेका परिवारलाई सञ्चार सम्पर्क कायम गर्न स्टारलिङ्कले सहयोग पुर्‍याउन सक्ने बताएको छ ।

 

विद्युत् स्रोत र खुला आकाशको पहुँच भएमा स्टारलिङ्कको उपकरण जडान गरेको केही मिनेटमै उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार